• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

बृद्धाको हत्यापछि गौरादहमा त्रास, प्रहरीको अनुसन्धान जारी

हत्यारा चाडै पत्ता लाग्छ : प्रहरी, धैर्य गर्नुस् : नगर प्रमुख शाह

झापा । सोमबार गौरादह नगरपालिका १ की पार्वता भण्डारीको आफ्नै घरमा हत्या भएको अवस्थामा शब फेला परेपछि यतिबेला गौरादहवासीमा त्रास उत्पन्न भएको छ । घटनाको दोश्रो दिन मंगलबार घटनास्थल आसपास पुगेका स्थानीयवासीहरु प्रहरीले कतिबेला हत्यारा पत्ता लगाउला भन्ने आशामा बसेका थिए ।   सो स्थान आसपासका स्थानीयवासी तथा घटना भएपछि क्राईम सिन देखेकाहरुले भने यो निक्कै दर्दनाक घटना भएको बताईरहेका थिए । 

यस्तै मृतकका भतिजा देबु भण्डारीले आफुहरुलाई केहि ब्याक्ती प्रति संका लागेको बताए । उनले भने, “पहिलादेखीनै जग्गाको बिषयमा केहि ब्याक्तीहरुले काकालाई धम्क्याईरहेका थिए । तिनै मध्येकाबाट यो घटना घटाईएको हुन सक्छ ।” 

मृतक भण्डारीको घरै छेउमा रहेका छिमेकी मनिष चम्लगाईले घटनापछि आफुहरु त्रसित बनेको बताए । घटनापछि उनीपनि घटनास्थल पुग्ने र क्राईम सिन देख्ने ब्याक्ती हुन् । उनलेपनि यो घटनाले आफुहरुलाई निक्कै चोट दिएको र अहिले धेरैनै त्रास उत्पन्न गराएको बताए ।

गौरादहमै व्यवसाय गर्दै आएका मात्रिका भट्टराईले अब एक्लैदोक्लै हिड्नपनि डर लाग्ने अवस्था आएको प्रतिक्रिया दिएका छन् । “गौरादहका प्राय पुरुष बैदेशिक रोजगारीमा छन्, घरमा महिला एक्लै बसेकापनि छन् । त्यस्ता महिलालाई त झन् यो घटनाले त्रसित तुल्याएको छ ।” उनले भने । 

यस्तै मृतकका छिमेकी मोहन प्रसाद खनालले ब्याक्ती हत्याको घटनाले आफुहरुलाई दुखीत तुल्याएको भन्दै बिगतमा शिवसताक्षीमा भएको परिवार हत्याको घटनाबारे केहि पत्ता नलाग्नुले यस घटनामा पनि केहि संका भने उत्पन्न भएको भन्दै हत्यारा चाडो पत्ता लगाउन प्रहरी प्रशासन सामु आग्रह गरे । 

दिनदहाडै घरमै बसिरहेका ब्याक्तीको यसरी हत्या हुनुले आफहुरु त्रशित भएको र राती सुत्दापनि डर लाग्ने अवस्था आएको स्थानीय शान्तिराम दाहाल बताउछन् । शान्तिराम मात्र हैन स्थानीय सबिता कटुवालको भनाइनै उस्तै छ । घटनापछि उनीहरुलाई भोक र निन्द्रानै हराईरहेको उनी सुनाउछिन् । 

सुरक्षाका दृष्टिकोणले गौरादहलाई शान्तनै मानिएको थियो । तर अचानक गौरादहमा घटेको पछिल्लो घटनाले आम गौरादहबासीलाई त्रसित तुल्याएको नगरप्रमुख रोहित कुमार शाहले बताए । उनले नगरबासीलाई धैर्य गर्न आग्रह समेत गरे । हत्यारा चाडै पत्ता लाग्ने भएकाले प्रहरीको अनुसन्धानको अन्त्मि नतिजा पर्खनुको बिकल्प नरहेको उनले सुनाए । 

यस्तै झापाका प्रहरी प्रमुख कृष्ण प्रसाद कोईरालालो आफुहरु यस घटनाको अनुसन्धानमै लागेको र केहिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने कार्य भईरहेको जानकारी दिएका छन् । उनले अहिले अनुसन्धानकौ क्रममा रहेको र सबै बिबरण अहिलेनै भनिहाल्दा अनुसन्धानमा बाधा पुग्ने भएकाले धैर्य गर्न आग्रह समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर