• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

कोरोना संक्रमणबाट बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक  मृत्यु भएको छ 

गत असोज १२ गते स्वास्थ्यमा समस्या भई पीसीआर जाँच गराउँदा पोजिटिभ देखिएका बुटवल ८, सुख्खानगरका ८० वर्षीय पुरुषको उपचारका क्रममा बुधबार राति ११ः३५ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए । मृतक १२ गते पोजिटिभ देखिएपछि होम आइसोलेसनमा बसेका थिए ।

उनको स्वास्थ्यमा थप समस्या आएपछि बुधबार कोरोना अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । मृतकमा मुटु रोग र उच्च रक्तचापको समस्या थियो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर