विकास बोर्डका दिवंगत  अध्यक्ष केशव भट्टराई परिवारलाई आर्थिक सहयोग 

काठमाडौं । चलचित्र विकास बोर्डका दिवंगत अध्यक्ष केशव भट्टराईको परिवारलाई ३४ लाख रुपैयाँभन्दा बढी सहयोग रकम हस्तान्तरण गरिएको छ । 

गत मंसिर ३० गते हृदयघातका कारण निधन भएका तत्कालीन बोर्ड अध्यक्ष भट्टराईको परिवारका नाममा संकलित सहयोग रकम बुधबार हस्तान्तरण गरिएको हो । बोर्डका पूर्वअध्यक्ष राजकुमार राई संयोजकत्वको समितिले देश विदेशबाट संकलित रकम बोर्ड परिसरमा बुधबार आयोजित कार्यक्रममा भट्टराईकी पत्नी नीता भट्टराईलाई हस्तान्तरण गरिएको हो । 

वर्तमानमा बोर्ड अध्यक्ष दयाराम दाहालको उपस्थितिमा संयोजक राईले भट्टराई पत्नी नीतालाई ३४ लाखभन्दा बढी रकम हस्तान्तरण गरिएको हो ।

तत्कालीन अध्यक्ष भट्टराईको निधन पश्चात सहयोग संकलनका लागि राजकुमार राईको नेतृत्वमा बसुन्धरा भुसाल, दीपाश्री निरौला, प्रकाश सुवेदी, रवीन्द्र खड्का, विनोद भट्टराई, गिरिश शर्मा र शिशिर भण्डारी सदस्य रहेको समिति गठन गरिएको थियो । 

तर, गत मंसिरमा भट्टराई हृदयघातका कारण निधन भएपछि उनको परिवारको विचल्ली भएको भन्दै आर्थिक सहयोग संकलन गरिएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर