टिभी कलाकार गुरजित चौधरी र देबीना बनर्जीलाई कोरोना संक्रमण

मुम्बई । टिभी कलाकार दम्पती गुरमित चौधरी र देबीना बनर्जीलाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमण भएको जानकारी चौधरीले सामाजिक सञ्जाल मार्फत गराएका हुन् । उनीहरु यस समयमा होम क्वारेन्टाइनमा बसेका छन् । सन् २००८ मा टेलिभिजन धारावाहि रामायणमा यी जोडीले एक साथ काम गरेका थिए । 

उनले ट्वीटमा लेखेका छन् –‘कोभिड –१९ को परीक्ष्ण गर्दा श्रीमती देबीना र म मा पोजेटिभ देखिएको छ । अहिले हामी ठिक छौँ । हामीले आफ्नो नियमको पालना गरेका छौँ । अहिले होम क्वारेन्टाइमा छौँ ।’ 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर