अनुराग कश्यपमाथिको बलात्कार आरोपमा सोधपुछ जारी

एजेन्सी । बलात्कार उजुरीमा मुम्बई प्रहरीले निर्देशक अनुराग कश्यपलाई आज पहिलोपटक सोधपुछ गरिरहेको छ । अभिनेत्री नेहा घोषले दिएको बलात्कार उजुरीको आधारमा मुम्बई प्रहरीले सोधपुछ  गरिरहेको हो । 

उनीमाथि त्यहाँको स्थानीय समय अनुसार आज बिहान ११ बजेदेखि सोधपुछ सुरु भएको छ ।सुरु गर्नु अगाडी पायलले ट्विट गर्दै मुम्बई पुलिसलाई धन्यवाद दिएकी छन्। अनुराग कश्यपलाई सोधपुछ गर्न भोली वर्सोवा पुलिस कार्यालय बोलाइएको छ। आशा गर्छु, न्यायको जीत हुनेछ’, पायलले बुधबार ट्विट गरेकी थिइन्।पायलले निर्देशक कश्यपले सन् २०१३ मा आफूमाथि बलात्कार गरेको आरोप लगाएकी छिन्।  कश्यपले भने आफूमाथि लगाइएको आरोपलाई अस्वीकार गर्दै ’आधारहीन’  भएको बताएका छन्।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर