चितवनका ५ जना सहित थप ११ जनामा कोरोना  संक्रमण पुष्टि

चितवन ।  चितवनको भरतपुर स्थित बि पि कोईराला क्यान्सर अस्पतालमा बुधबार गरिएको  परिक्षणमा चितवनका ५ जना सहित थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

अस्पतालको कोभिड १९ मोलिक्युलर ल्याव प्रयोगशालामा १ सय ५४ वटा नमुना परिक्षणका क्रममा थप ११ जनामा संक्रमण पुष्ठि भएको हो । परिक्षणका क्रममा भरतपुर महानगरपालिकाका विभिन्न वडाका ४ जना र राप्ती नगरपालिकाका थप एक जनामा संक्रमण देखिएको अस्पतालले जनाएको छ । त्यस्तै धनुषा , रौतहट ,पर्सा , कंचनपुर ,मोरङ र महोत्तरीका थप एक – एक जना कोरोना संक्रमण देखिएको हो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर