• बिहीबार ८-१८-२०७७/Thursday 12-03-2020/ 07:40 pm

जुम्लाको सदरमुकाम खलङ्गा सिल

जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित चन्दननाथ नगरपालिका क्षेत्र सिल गरिएको छ। २४ घण्टामा २७ स्वास्थ्यकर्मीसहित ४६ जनामा कोरोना सङ्क्रमण देखिएपछि नगरपालिका क्षेत्र सिल गरिएको हो।

चन्दनाथ नगपालिका अर्थात् सदरमुकाम खलङ्गाको पूर्वमा दानसाँघु, दक्षिणमा तिला नदी, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र पश्चिममा गमगाड क्षेत्रभित्र सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए।

उनले भने, “बिहीबार ३ बजेदेखि लागू हुने गरी १८ असोजसम्म सदरमुकाम खलङ्गा अर्थात् नगरपालिका क्षेत्र सिल गरिएको हो ।”

कोरोना सङ्क्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निमित्त अस्पताल निर्देशक चिकित्सक अनुपमङ्गल समालले जानकारी दिए। उनले भने, “अहिले आकस्मिकबाहेक अरु सेवा पनि अस्पतालबाट बन्द गरिएको छ ।” रासस

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रदेश १ मा २८७ जना कोरोना संक्रमित थपिए (विवरणसहित)

  • १८ मङ्सिर, २०७७

झापा । प्रदेश १ मा आज २८७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंमा १२२, झापामा ६१, सुनसरीमा ४८, संखुवासभामा १५, इलाममा ४, पाँचथर र उदयपुरमा ३–३, भोजपुरमा २,

मेचीनगर नगरपालिकाकी उपप्रमुख सवार गाडीमा आक्रमणको प्रयास

  • १८ मङ्सिर, २०७७

झापा । अज्ञात समूहले  झापाको मेचीनगर नगरपलिकाकी उपप्रमुख चढेको गाडीमा आगो लगाउने प्रयास गरेका छन् ।   उपप्रमुख मीना उप्रेती चढेको मे १ झ १७२ नंं

आठ उद्योगको उत्पादन रोक्का, एकको फुकुवा

  • १८ मङ्सिर, २०७७

कैलाली ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले कैलाली र कञ्चनपुरका खाद्य उद्योगको अनुगमन गर्ने क्रममा मापदण्ड नपुगेका आठ उद्योगको