• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

कोभिड–१९ पछिका बिष्णु दाइ र राधिका भाउजु

बिष्णु दाइको आफ्नो प्राण भन्दा प्यारी श्रीमती राधिका भाउजु कोभिड–१९ को संक्रमणका कारण राजधानीमा परलोक भइन् । पत्नी वियोगबाट भौतारिंदै बिष्णु दाइ गाउँ फर्किएका छन् । जन्मे, हुर्केको गाउँ–ठाउँ । बिष्णु दाइले तीस वर्ष लगाएर कमाएको अर्वौंको सम्पत्ति राजधानीमा अलपत्र छ । सम्पत्ति छोडेर गाउँ फर्किंदाको लामो कथा छ विष्णु दाइको ।

समय यतिसम्म निष्ठुर हुन्छ कि ती  बिष्णु दाइ, जन्म दिने आमा–बाबा स्वर्गवास भएको खबर पाउँदा समेत गाउँ फर्किएका थिएनन् । तर, बिष्णु दाइ आज एकाएक गाउँ फर्किएका छन् ।

बिष्णु दाइ, साविक धौलागिरि अञ्चलको बिकट गाउँमा जन्मिएका हुन् । उनको जन्म एक साधारण किसान परिवारमा भएको हो । निम्न माध्यामिक विद्यालयको अध्यायन पुरा गरेपछि विष्णु दाइ माध्यामिक विद्यालयको अध्यायन् गर्न छिमेकी गाउँमा छिरेका हुन्  । छिमेकी गाउँमा माध्यमिक विद्यालयको अध्यायन गर्दा उनलाई धेरै कुराको असुबिधा भोग्न परेको थियो । 

उनी विद्यालय पुग्नका लागि लामो दुरी पैदल यात्रा गर्न पर्थ्यो । बिष्णु दाइको गरिबीका कारण खुट्टामा जुत्ता थिएनन् । शरीरमा प्रशस्त लुगा पनि थिएनन् । केवल उनको शरीरमा जाङ्गे (हाप पाइन्ट) र कमिज मात्र हुन्थ्यो ।

माध्यामिक विद्यालय अध्ययन गर्न जाँदा टन्न एक हप्ताको लागि खर्च र दाउरा बोकेर उकाली चढेर ओह्राली झर्न पर्थो । हिउँदको समयमा हिउँमा एकसरो लुगा मात्र अनि खाली खुट्टा हिड्नु पर्दा जाडोले कक्रेर शेष पार्थ्यो । वर्खाको समयमा जुका लागेर हैरान पार्दथ्यो । छिमेकी गाउँमा माध्यमिक विद्यालय अध्ययन गर्दा बिष्णु दाइले धेरै कष्टकर जीवन बिताउनु परेको थियो ।

गाउँमा हुँदा बुबा–आमा तथा परिवारका सदस्यहरुले पकाएर दिएको खान्थे । छेमेकी गाउँमा आफै पकाएर खानु पर्छ । बिचरा बिष्णु दाइ बढ्ने उमेरको मान्छे तथा कलिलो केटो बोकेर लागेको खर्चले कहिल्यै छाक टार्न पुग्दैन । कुनै दिन तथा कुनै रात भोक–भोकै विद्यालय जान तथा सुत्नु पर्छ । तैपनि सोझा, इमान्दार तथा लगनशील बिष्णु दाइले छिमेकी गाउँको माध्यामिक विद्यालयबाट प्रथम श्रेणीमा प्रवेशिका परीक्षा उत्तिर्ण गर्छन् । 

बिष्णु दाइले माध्यामिक विद्यालयबाट प्रथम श्रेणीमा प्रवेशिका परीक्षा उत्तिर्ण गरेपछि पश्चिमाञ्चल धौलागिरि बहुमुखी क्याम्पस बागलुङमा अध्यायन शुरु गरे । धौलागिरि बहुमुखी क्याम्पस बागलुङबाट स्नाकोत्तर अध्ययन पुरा गरेपछि जागिर खोज्नको लागि राजधानी प्रवेश गर्छन । 

यसै शिलसिलामा राजधानीको बिभिन्न सरकारी कार्यलय, प्रहरी, सेना तथा निजी क्षेत्रको कार्यलयहरुमा जागिरको आबेदन दिए ।
तर, उनलाई जागिरको लागि कुनैपनि निकायले अफर गर्दैन । बिष्णु दाइको स्वदेशमा जागिर पाउने सम्भावनाबाट हार खाएर गाउँ फर्किए । उनको स्नाकोत्तरको प्रमाणपत्र बाजेले लाहुरबाट ल्याएको थोत्रो बाकसमा थन्को लगाएर विदेश जान तम्सिए । विदेश जानको लागि घर जग्गा साहुकोमा बन्दकी राखेर एक लाख रुपैयाँ लिएर पुनः राजधानी छिर्छन् । राजधानीमा आएपछि विदेश जानको लागि घर जग्गा साहुकोमा बन्दकी राखेर ल्याएको एक लाख रुपैयाँ बैदेशिक रोजगारमा पठाउने कार्यलयमा छिट्टै विदेश पठाउने सर्तमा सो रकम एक दलाललाई बुझाए ।

बैदेशिक रोजगारमा पठाउने दलालले बिष्णु दाइलाई छिट्टै विदेश पठाउछु भन्छ तर महिनौ तथा वर्षौं बित्छ । तर, उनलाई विदेश पठाउन सक्दैन, अन्त्यमा दलाल पनि गायब हुन्छ, कार्यलय पनि बन्द हुन्छ । त्यसपछि बिष्णु दाइको हालत अलपत्र तथा नाजुक बन्दै जान्छ ।

घरबाट खानको लागि ल्याएको पैसा गोजी रित्तियो । विदेश जानको लागि राखेको पैसा पनि गायब । बिष्णु दाइलाई ठूलो तनाब हुन्छ । उनको जीवनमा ठूलो बज्रपात हुन्छ । बिष्णु दाइ साहुको ऋण तिर्ने पैसा नकमाउञ्जेलसम्म  कहिल्यै गाउँ नफर्के बाचा गर्छन,  तर त्यो कहिले सम्भब हुने हो उनलाई पनि थाह छैन ।

राजधानीमा बिष्णु दाइ अलपत्र परे  कहाँ खाने ? कहाँ सुत्ने कुनै ठेगान छैन । चिने जानेको व्यक्ति कोही छैनन् । जे–जति दुःख आइलागे पनि बिष्णु दाइले कहिल्यै हार खाएनन् । बिष्णु दाइले बाँच्नको लागि भएपनि काम खोज्छन् । उनले घर बनाउने ठाउँमा गिट्टी, बालुवा मुछ्ने काम शुरु गर्छन ।

उनले सो ठाउँमा केही दिन काम गरिसकेपछि गिट्टी तथा बलुवा ढुवानी गर्ने ठेकेदारसम्म चिनजान हुन्छ । गिट्टी तथा बलुवा ढुवानी गर्ने ठेकेदारसम्म मिलेर गिट्टी, बालुवा, इँट्टा तथा फलामका रडहरु ढुवानी गर्ने काममा संलग्न हुन्छन । जुन कामले बिष्णु दाइलाई खान र सुत्नको लागि समस्या भएन ।

बिष्णु दाइ गाउँमा जन्मेका सोँझा, इमान्दारी, शिक्षित तथा लगनशील भएकोले होला उनको सम्पर्क घर जग्गा दलाल तथा बिचौलियासम्म भयो । उनले घर जग्गा खरिद बिक्रि तथा रियल स्टेड कम्पनी दर्ता गर्छन । बिष्णु दाइले घर जग्गा कारोबारबाट टन्न पैसा कमाएर विस्तारै सफल बने ।

घर–जग्गा कारोबारबाट ब्यापारी, कानुन व्यावसाय, राजनीतिककर्मी तथा राजधानीका धनाढ्य ब्याक्तिहरुसँग सम्पर्क बढ्न थाल्यो । उनले यी व्यापारी, कानुन व्यावसाय, राजनीतिककर्मी तथा राजधानीका धनाढ्य ब्याक्तिहरुसंग बिचौलियाको काम गरेबापत् उनलाई टन्न कमिशन आउँछ । बिष्णु दाइलाई राजधानीमा पैसा टिप्न भ्याई नभ्याई भयो । 

बिष्णु दाइ राजधानीमा पैसा टिप्दा–टिप्दै आफू जन्मिएको घरमा जान भुले । उनको आमा–बाबाको स्वर्गवास भएको खबर पाउँदा पनि पैसा बटुल्ने लोभले गर्दा गाउँ फर्किएका थिएनन् । बिष्णु दाइको ललितपुर हाइटमा ठूलो कम्पाउण्डसहितको भब्य महल छ । राजधानीका थुप्रै सपिङ्ग मल, क वर्गका बैंक, हाइड्रो तथा बिभिन्न क्षेत्रहरुमा शेयर लगानी छ । उनले नचिताएको सम्पति जोडिसकेका छन् । राधिका भाउजुसँग बैबाहिक सम्बन्ध गाँसिएको छ । तर, राधिका भाउजुको कोभिड–१९ को संक्रमणबाट मृत्यु भयो । 

राधिका भाउजुको मृत्यु पश्चात बिष्णु दाइलाई सम्पत्तिको लोभ छैन । जब राधिका भाउजु कोभिड–१९ को संक्रमणबाट मृत्यु भयो । तब, सम्पूर्ण सम्पत्ति त्यागेर आफू जन्मेको गाउँमा गएर बसेका छन् । बिष्णु दाइ गाउँमा गएपछि गाउँलेहरुको लागि उदाहरण बनेका छन् । कोरोनाको कारणबाट बैदेशिक रोजगारबाट फर्केका गाउँका युवकहरुको समूह बनाएर कृषि क्षेत्रमा सामुहिक लगानी गरेका छन् ।
गाउँका युवकहरु बैदेशिक रोजगारमा गएको हुँदा गाउँका जमिनहरु बाँझो थिए । सोही बाँझो जमिनमा छिट्टो नगद दिने तरकारी खेती शुरु गरेका छन् । तरकारी खेतीहरुमा अकबरे खुर्सानी, गोलभेडा, मुला, सलगम, गाजर, रायो इत्यादिको खेती गरेर मनग्ये आम्दानी गरेका छन् ।

यसका साथै सुन्तला, टिमुर खेती पनि शुरुआत गर्दैछन् । गाउँमा मासुको लागि आधुनिक ढंगले कुखुरा पालन खरायो, बाख्रा, भेडा, भैंसी र चौरी पालन पनि शुरु गरेका छन् । बिष्णु दाइले पुर्ख्यौली पेशा घारमाहुरी पालनलाई  पनि जीवित  राख्दै आधुनिक तरिकाले माहुरी पालन पनि शुरु गरेका छन् । गाउँमा रहेका मठमन्दिरको मर्मत संहार गर्दै बुद्धको गुम्बा तथा बिहार पनि निर्माण गर्दैछन् ।

बिष्णु दाइको राजधानीको राधिका भाउजुको निधन भएपछि तीस वर्ष अघिको उनको गाउँकी प्रेमीका राधिका भाउजुसँग रमाइलो गरी बिताएका छन् । बिष्णु दाइलाई राजधानीको कुहिएको चामल खानुभन्दा आफ्नै खेतमा फलेको चामल खान मिठो र स्वादिलो लाग्न थालेको छ । 

राजधानीको बिषाक्त तरकारी र फलफूल खानुभन्दा आफ्नै बारीमा फलाएको तरकारी र फलफूल खान ताजा र स्वादिलो लाग्न थालेको छ । राजधानीको सडेगलेको माछा–मासु खानुभन्दा आफ्नो गाउँमा आफैंले हुर्काएको कुखुरा र जनवारको मासु खानु ताजा लाग्न थालेको छ ।

शरीरलाई खराब गर्ने चिनी खानुभन्दा आफ्नै आगनमा पालेको माहुरीको मह खान स्वादिलो लाग्न थालेको छ । राजधानीको फटाहा, गुण्डा, बिचौलिया, लोभी तथा पापी मान्छेहरु भन्दा गाउँका सोझा, इमान्दारी, बफादारी तथा लगनशील इस्ट मित्रहरु नै प्यारो लाग्न थालेको छ । राजधानीमा रहँदा दुई नम्बर धन्दा गरेर कमाएको सम्पत्ति, लगानी, सुन्दर महल भन्दा आफ्नै पुर्खाले निर्माण गरेको गाउँको झुपडी प्यारो लाग्न थालेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर