चितवन मेडिकल कलेजमा ४२ वर्षिय कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं ८ का ४२ वर्षीय एक सङ्क्रमित पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । 

यही असोज १५ गते कलेजामा समस्या भई अस्पताल भर्ना भएका उनको असोज १७ गते कोरोना पुष्टि भएको थियो ।

उनको कोभिड आइसियू कक्षमा राखी उपचार हुँदाहुँदै आइतबार साँझ ५ः३५ बजे मृत्यु भएको अस्पतालका निर्देशक प्रा डा दयाराम लम्सालले जानकारी दिए । रासस

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर