• सोमबार ८-१५-२०७७/Monday 11-30-2020/ 05:04 pm

ग्रामिण क्षेत्रमा आधुनिक घर निर्माण हुँदा परम्परागत काष्ठकला हराउदै

पाल्पाका डकर्मी सिकर्मीको सीप र पेशा संकटमा

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका वडा नं ३ नायरका ५० वर्षीय ज्ञानबहादुर विकले सानै उमेरदेखि काठको काम सिकेर दैनिकी चलाउदै आएका थिए । उनले काठको कामसंगै गाउँभरका घर गोठ निर्माणबाटै जीविका चलाउदै आएका थिए । तर पछिल्लो एक दशक यता भने गाउँघरमा समेत आयातित भर्निचर र आधुनिक भवन निर्माण हुन थालेपछि उनले काम पाउन छाडेका छन् । 

एकदशक अघि गाउँघरसंगै छिमेकी गाउँमा समेत डकर्मी र सिकर्मीको माग धेरै हुँदा भ्याई नभ्याई हुने उनीहरु अहिले आफ्नो सीपको समेत प्रयोग गर्न नपाएको बताएका छन । ज्ञानबहादुरसंगै काम गर्ने अन्य कामदार पनि अहिले बेरोजगार भएको बताएका छन । काठको काम गर्ने जितबहादुर विकले भने, हामीले यो कामलाई रोजगारीको रुपमा लिन सकेका छैनौं। कहिले काही मात्र काम पाईन्छ । जस्ले गर्दा जिवीका चलाउनै समस्या भएको छ । 

अहिले गाउामा समेत सहरबाट आलमुयिम र प्लाईबाटबाट बनेका सामाग्री आउन थालेसंगै हाम्रो पेशा संकटमा परेको छ । 
पश्चिमा संस्कृतिले जरा गाडेसंगै ग्रामीण बस्तीमा समेत आधुनिक भवन निर्माणले विकास लिदाँ परम्परागत रुपमा निर्माण भएका घरहरु समेत लोप हुन थालेका छन । 


हेर्दा आर्कशक र पर्यटकका लागि लोभ लाग्नेशैलीमा निर्माण भएका पुराना शैलीका घर विस्तापित भएसंगै काठ र माटोबाट घर गोठ निर्माण गर्ने कामदार समस्यामा परेका हुन । गाउँघरमा निर्माण हुने काठका झ्याल ढोका बलियो र टिकाउ हुनुका साथै चोरी हुनबाट पनि बचाउने भएपनि आधुनिक सामानको प्रयोगले गर्दा गाउँघरमा चोरी गर्नेलाई समेत सहज भएको बगनासकाली ३ का टिकारामा विकले बताए । 

अहिलेका पुस्ताले सुन्दरताका लागि आधुनिक फर्निचरका सामाग्री प्रयोग गर्दै आएको छन । जस्का कारण परम्परागत सामाग्री र काष्ठकलाका सामाग्री निर्माण गर्ने कामदारको समेत अभाव हुँद आएको छ ।

ग्रामीण क्षेत्रमा समेत आयातित फर्निचर र आलमुनियमका  समाग्रीहरुको प्रचलन बढ्दो छ। यसबाट स्थानिय स्तरमा प्रचलित परम्परागत काष्ट कला र त्यससंग सम्बन्धित ब्यक्तिहरूको सीप संकटमा पर्न थालेको त्यस क्षेत्रका विज्ञहरुको भनाई छ । 

ग्रामीण भेगको मौलिकतालाई बचाउदै यसको सुन्दरतालाई जोगाउन परम्परागत शैलीका घर निर्माणमा स्थानीय सरकारले प्रोत्साहित गर्नुपर्ने उनीहरु बताउछन् ।

परम्परागत शैलीका घरहरूलाई पनि  बलियो र  सुबिधा सम्पन्न बनाउन सकिने भएकोले यस क्षेत्रमा बिकास भएका सीप र ज्ञान  ग्रामीण क्षेत्रसम्म पुर्याउन सकिए स्थानिय सिकर्मी र डकर्मी पेशामा रहेकाहरु लाभान्वित हुनुका साथै त्यसले स्थानिय स्तरमा रहेका स्थापरम्परागत सीपलाई थप परिमार्जन गर्दै रोजगारी को अवसर समेत सृजना हुने  र  स्थानिय श्रोत र साधनको पनि अधिकतम उपयोग गर्न सकिने देखिन्छ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

राजा महेन्द्रले दरबारजत्तिकै मन पराएको रुम्जाटार

  • १५ मङ्सिर, २०७७

चर्चा नम्बर–१ रुम्जाटार । नेपाली जनजिब्रोले उच्चारण गरिरहने ठाउँ । रुम्जाटार नपुग्नेले समेत रुम्जाटारको उच्चारण गरिरहेकै हुन्छन् । ‘घुमिफिरी

कोरोना अनुभव : यस्तो पो सरकारी अस्पताल ! स्वास्थ्यकर्मी हुनु त ...

  • १४ मङ्सिर, २०७७

काठमाडौँ ।   चिटचिट पसिनाले गञ्जी चिसो भयो । रिँगटा चल्न थाल्यो । मैले यतिविघ्न टाउको दुखेको जीवनमा कहिल्यै अनुभव गरेको थिइन । ज्वरोको तापक्रम १००

दिक्कालजयी म्यारोडना : 'हेन्ड अफ गड र गोल अफ सेन्चुरी'

  • ११ मङ्सिर, २०७७

अद्‍भुत, बदनाम, असाधारण, जिनियस र रिसालु स्वभाव । डिएगो अरमान्डो म्याराडोना । फुटबलका यस्ता महानायक थिए, जसमा केही कमजोरी पनि थिए । फुटबलका सबैभन्दा