चितवनमा कोरोना संक्रमित ७७ वर्षिय बृद्धको मृत्यु

भरतपुर। चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ। 

कावासोती नगरपालिका-५ का ७७ वर्षीय वृद्धको आज बिहान मृत्यु भएको अस्पतालका निर्देशक डा। दयाराम लम्सालले बताए। 

निमोनिया र स्वासप्रस्वासबाट समस्या भई उनी १६ असोजमा अस्पतालमा भर्ना भएका थिए। १८ असोजमा उनलाई कोभिड-१९ पुष्‍टि भएको थियो। उनको आईसीयू कक्षमा राखेर उपचार गरिएको थियो। रासस

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर