• मंगलबार ७-११-२०७७/Tuesday 10-27-2020/ 10:08 am

नारायणीमा गैंडा मृत फेला

चितवन । नारायणी नदीमा एउटा गैंडा मृत फेला परेको छ । चितवन रािष्ट्रय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार नवलपुरको भेलौजीमा गैंडा मृत फेला परेको हो ।

डुङ्गा गस्ती टोलीले बुधबार अपराह्न अन्दाजी १५ वर्षीय गैंडा मृत अवस्थामा फेला पारेको उनले बताए । निकुञ्जको गजग्राह पोष्ट नजिक नदीमा डुबेको अवस्थमा फेला परेको गैंडाको खाग र खुर सुरक्षित रहेको रामले बताए । 

पछिल्लो एक सातामा चितवन राष्ट्रिय निकुञ्जमा तीन वटा गैंडा मृत भेटिएका छन् । यो आर्थिक वर्षमा ८ वटा गैंडा मृत भेटिएका छन् ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

डोटीमा प्रादेशिक इन्जिनियरिङ कलेज स्थापना हुने

  • ११ कार्तिक, २०७७

डोटी। जिल्लामा प्रादेशिक इन्जिनीयरिङ कलेज स्थापना हुने भएको छ। त्यसका लागि प्रारम्भिक अध्ययन, सम्भाव्यता अध्ययन भएपछि अन्तिम तयारीस्वरूप

च्याङ्ग्रा नआउँदा हुम्लीको दसैँ महँगो

  • ११ कार्तिक, २०७७

सिमकोट । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दसैँ महँगो बनेको छ। कोरोना कहरले चीनसँगको हिल्सा नाका नखुलेपछि चिनियाँ च्याङ्ग्रा नआउँदा

भूकम्प पीडितलाई घर बनाउन लालपुर्जा दिइने

  • ११ कार्तिक, २०७७

तनहुँ । जग्गाधनी प्रमाणपुर्जा नभएका तनहुँका २७ भूकम्प पीडित घरधुरीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने भएको छ । अव्यवस्थित जग्गामा बसोबास गर्दै