• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

मुलुकभर जम्मा दुई हजार ६०० आइसियु र ९०० भेन्टिलेटर 

काठमाडौँ ।  सरकारले कोरोना भाइरसका गम्भीर सङ्क्रमितलाई उपचार गर्नका लागि काठमाडौँमा उपत्यकामा १८१ आइसियु र ७६  भेन्टिलेटर भएको जनाएको छ ।

 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका आज नियमति पत्रकारसम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले   ती मध्ये ८२  आइसियु श्यया र २७ वटा भेन्टिलेटरमा गम्भीर सङ्क्रमितको उपचार भइरहेको जानकारी दिए । 

उनका अनुसार अझै ९९  आइसियु र ४९ वटा भेन्टिलेर  खाली नै रहेका छन् । अहिलेसम्म २३५ आइसियु र ४२ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन । ती मध्ये वाग्मती प्रदेशमा १२८ जना आइसियु र ३० जना भेन्टिलेटरमा रहेका छन् । मुलुकभर दुई हजार ६०० आइसियु र ९०० भेन्टिलेटर रहेका छन । 

आज काठमाडौँ उपत्यकामा दुई हजार ५४० जना कोरोनाका सङ्क्रमित भेटिएका छन । उपत्यकामा अहिलेसम्म ३६ हजार ३११ जना सङ्क्रमित फेला परेका छन् । प्रवक्ता डा गौतमले कोभिड १९ अस्पताललाई कोरोनाको रोकथाम र नियन्त्रण गर्नका लागि पूर्ण तयारी साथ राखेको जानकारी दिए । आकस्मिक सहित सबै सेवा पनि २४ घण्टा खुला गरिएको उहाँले बताउनुभयो ।  उहाँले सामान्य लक्षण र लक्षण विहीन सङ्क्रमितहरु मन्त्रालयले तोकेको मापदण्ड  पुरा गरी घरकै आइसोलेसनमा बस्न समेत अनुरोध गरे । 

मन्त्रालयले घरमा बस्न सम्भव नभएमा टोल फ्रि नं ११३३ नम्बरमा सम्र्पक गर्न र स्वास्थ्यमा कुनै समस्या भएका अस्पताल जान आग्रह गरेको छ  । थप जानकारी चाहिएमा ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्र्पक गर्न  मन्त्रालयले अनुरोध समेत गरेको छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर