• शनिबार ७-८-२०७७/Saturday 10-24-2020/ 11:53 am

कर्मचारीमा कोरोना देखिएपछि धमाधम कार्यालय सिल

कर्णाली । सुर्खेतमा कोरोना भाइरसको सङ्क्रमणदर उच्च रहेपछि यहाँका सरकारी कार्यालय धमाधम सिल गरिएको छ।

कर्मचारीमा कोरोना देखिएपछि पछिल्लोपटक यहाँका तीन कार्यालय सिल गरिएको हो। वीरेन्द्रनगरस्थित राष्ट्रिय वाणिज्य बैंक, कर्णाली प्रदेशसभा सचिवालय र जिल्ला मालपोत कार्यालय सिल गरिएको छ।

सेवाग्राहीको अत्यधिक भीड हुने बैंक तथा मालपोत कार्यालयले आफ्ना कर्मचारीमा कोरोना पुष्टि भएपछि सङ्क्रमण अन्य व्यक्तिमा फैलिन नदिन कार्यालय सिल गरिएको जनाएका छन्।

प्रदेशसभा सचिवालय र मालपोत कार्यालय एक साताका लागि सिल गरिएको छ भने वाणिज्य बैंकले अर्को व्यवस्था नभएसम्मका लागि कार्यालय बन्द रहने सूचना जारी गरेको छ।

कर्मचारीमा कोरोना देखिएपछि वाणिज्य बैंक यसअघि पनि एक साताका लागि सिल गरिएको थियो। बैंकका निमित्त शाखा प्रबन्धक ठोक्रे विष्टले एटिएम सेवा भने सञ्चालन रहने बताए। रासस

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कोभिड–१९ बाट सुदूरपश्चिममा २१ जनाको मृत्यु

  • ८ कार्तिक, २०७७

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण ९ कोभिड–१९० बाट हालसम्म २१ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य

व्यास नगरपालिकाको आन्तरिक आम्दानी चार करोड

  • ८ कार्तिक, २०७७

दमौली । तनहुँको व्यास नगरपालिकाले तीन महिनाको अवधिमा रु चार करोडभन्दा बढी आन्तरिक आम्दानी गरेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन देउखुरीमा राख्ने तयारी

  • ८ कार्तिक, २०७७

देउखुरी ।  लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्नेबारे गृहकार्य शुरु भएको छ । स्थायी राजधानीको टुंगो लागिसकेका