• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

भक्तपुरका गेष्ट हाउसमा प्रहरीको छापा, अनैतिक गतिविधि गर्ने १४ जना पक्राउ

भक्तपुर । महानगरीय प्रहरी वृत्त थिमिले विभिन्न गेष्ट हाउसमा छापा मार्दा अनैतिक गतिविधिमा संलग्न रहेको अभियोगमा गेष्ट हाउस सञ्चालकसहित १४ जनालाई पक्राउ गरेको छ । यहाँको ठिमी क्षेत्रमा सञ्चालित विभिन्न गेष्ट हाउसमा लकडाउनपछि अनैतिक गतिविधि हुने गरेको गुनासो आएपछि छापा मारिएको हो । 

    महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले शनिबार खुलेकामध्ये ठिमी क्षेत्रका बालकुमारी, सुनकोशी र सनसाइन गेष्ट हाउसमा छापा मारी सात महिला लगायतलाई पक्राउ गरिएको जानकारी दिए ।
    
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर