सुनसरीको बराहक्षेत्रका एक संक्रमितको बिराटनगरमा मृत्यु

 झापा ।  बिराटनगरस्थित नोबेल मेडिकल कलेजमा सुनसरीका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका ५ का ३७ बर्षका एक पुरुषको उपचाको क्रममा आज बिहान कबि ७ बजे तिर मृत्यु भएको अस्पतालका व्यवस्थापक नाायण दाहालले जानकारी दिए । 

शनिबार बिपि प्रतिष्ठाान धानमा ति पुरुषको सवाब परिक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको थियो । मृतकका पारिबारिक श्रोतले दिएको जानकरी अनुसार उनी मृगौला सम्बन्धीको रोगबाट ग्रसित थिए । दुबै मृगौला फेल भएका उनको मृगौला प्रत्योपणको तयारी भईरहेको थियो । उनलाई अचानक सास फेर्न गाह्रो भएजस्तो भएपछि बिपि प्रतिष्ठान पुर्याईएको थियो ।

 त्यहाँ कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । उपचारका लागि उनलाई आइतबार साँझ नोबेल अस्पतालमा भर्ना गरिएको थियो । यो सँगै नोबेल अस्पतालमा हालसम्म नौ संक्रमितको मृत्यु भएको दाहालले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर