नयाँ प्रमुख सचेतक नेपालीले बोलाईन दलको बैठक

सुर्खेत । आन्तरिक विवाद उत्कर्षमा पुगेको कर्णाली प्रदेशमा नेकपा संसदीय दलको बैठकको नयाँ मिति तय भएको छ । सोमबारबाट आफ्नो कार्यभार सम्हालेकी नयाँ प्रमुख सचेतक सीता नेपालीले मंसिर ७ गते संसदीय दलको बैठक बोलाएकी हुन् । 

नेकपाका मुख्य मन्त्री तथा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले चित्तबुझ्दो काम नगरेको भन्दै आईतबार पुराना प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाएका थिए । 

मुख्यमन्त्री शाह विरुद्ध दलका उपनेता यमलाल कंडेल लगायत १८ सांसदले अविश्वासको प्रस्ताव ल्याएका थिए । प्रस्ताव आएलगत्तै प्रमुख सचेतक शाहले संसदीय दलको बैठक आब्हान गरेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर