• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

फोनबाटै भयो सम्बन्ध-विच्छेद

बाहरैच । उत्तर प्रदेशमा एक व्यक्तिले श्रीमतीलाई टेलिफोनबाट नै तीन पटकसम्म तलाक भनि तलाक दिएका छन् । मुस्लिम समुदायका नागरिकमा श्रीमानले  श्रीमतीलाई मौखिकरुपमै ‘तलाक’ शब्द तीन पटकसम्म प्रयोग गरेमा सम्बन्ध विच्छेद भएको मानिने प्रचलन छ । 

दाइजोको निहूँमा ती पुरुषले तलाक दिएको समाचारमा जनाइएको छ । 

भारतको केन्द्रीय सरकारले मौखिकरुपमा तीन पटकसम्म तलाक भनेपछि सम्बन्ध विच्छेद भएको ठहरिने गरिएको यस प्रचलनलाई निरन्तरता दिन नपाइनेगरी अध्यादेश ल्याएको छ । 

त्यसैले तलाक दिने ती पुरुषका विरुद्ध श्रीमतीले भने मुद्दा दायर गरेको छ । 

पीडित श्रीमती नुरीकी आमा रेशमाकाअनुसार दाइजो नल्याएको कारणबाट पीडित ती महिलालाई घरका परिवारले दुःख दिएका थिए । 

तीन तलाकबाट पीडित महिला नुरीकाअनुसार उनको विवाह आठ महिना अगाडि भएको थियो । मोटरसाइकल र ५० हजार रुपैयाँ माइतीबाट ल्याउन भन्दै सासुले पिट्ने गरेकी नुरी बताउँछिन् । 

प्रहरीले तलाक दिने पुरुषका विरुद्धको मुद्दा लिएको छ । नुरीका श्रीमान् साउदी अरेबियामा छन् । उनले त्यहीँबाट टेलिफोन मै तलाक दिएका थिए । 

यस घटनाको अनुसन्धान सुरु भएको र आवश्यक कारबाही गरिने प्रहरीले जानकारी दिएको छ । मुसलमान समुदायमा तीन पटकसम्म तलाक दिइने प्रचलन विगत लामो समयदेखिकै हो । 

मुस्लिम नारीहरुमा दिने गरिएको तलाकका कारण उनीहरुमा परेकोले सरकारले हालैमात्र यो प्रचलनलाई निरन्तरता दिन नपाइने भन्दै अध्यादेश नै ल्याएको हो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर