• शनिबार ७-८-२०७७/Saturday 10-24-2020/ 11:36 am

उच्च अदालत दिपायलको सेवा एक साताका लागि बन्द

सुदुरपश्चिम। उच्च अदातल दिपायलले एक साताका लागि सम्पूर्ण सेवा बन्द गरेको छ । 

अदालतमा कार्यरत एक जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि लागू हुनेगरी आन्तरिक प्रशासनिक बाहेक सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरिएको अदालतका निमित्त रजिष्ट्रार सीता रेग्मीले बताए । 

उनले भने, “अदालतका एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ, अरुलाई पनि नहोस् भनेर अदालतका आन्तरिक प्रशासनिक काम बाहेकका अन्य काम कारवाही एक साताका लागि बन्द गरेका छौँ ।” 

कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सोमबार अदालतमा कार्यरत सबै कर्मचारीको स्वाब सङ्कलन गरेर परीक्षणका लागि जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पठाइएको रजिष्ट्रार रेग्मीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कोभिड–१९ बाट सुदूरपश्चिममा २१ जनाको मृत्यु

  • ८ कार्तिक, २०७७

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण ९ कोभिड–१९० बाट हालसम्म २१ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य

व्यास नगरपालिकाको आन्तरिक आम्दानी चार करोड

  • ८ कार्तिक, २०७७

दमौली । तनहुँको व्यास नगरपालिकाले तीन महिनाको अवधिमा रु चार करोडभन्दा बढी आन्तरिक आम्दानी गरेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन देउखुरीमा राख्ने तयारी

  • ८ कार्तिक, २०७७

देउखुरी ।  लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्नेबारे गृहकार्य शुरु भएको छ । स्थायी राजधानीको टुंगो लागिसकेका