• सोमबार ७-३-२०७७/Monday 10-19-2020/ 09:09 pm

सुकुम्वासीलाई जग्गा उपलब्ध गराइदिने भन्दै रकम उठाएको अभियोगमा आठ पक्राउ

कास्की । आफूहरु सुकुम्वासी समस्या समाधान आयोगको गण्डकी प्रदेश पदाधिकारी रहेको र जग्गा उपलब्ध गराइदिने झुटा व्यहोरा देखाइ ठगी गरेको अभियोगमा प्रहरीले पोखराबाट आठ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा माछापुुच्छे गाउँपालिका–९ सिदिङ घर भई हाल पोखरा–५ बस्ने ३९ वर्षीय हीराबहादुुर तामाङ, म्याग्दीको रघुगङ्गा–४ घर भएका ३० वर्षीय रमेशकुमार परियार, रुपन्देही सैनामैना–४ घर भई हाल पोखरा बस्ने ३५ वर्षीय ओमबहादुर सुनार, सिन्धुपाल्चोक घर भएकी ३७ वर्षीया रीता विश्वकर्मा र पोखरा–१७ का २२ वर्षीय सोनु परियार रहेका छन् ।

त्यसैगरी पोखरा–१३ का ३७ वर्षीया सीता सुनार, सोही ठाउँका ५० वर्षीय हर्र्कबहादुर विक र २४ वर्षीय मौसम सदाशङ्करलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । 

उनीहरुले असोज २५ गते साँझ पोखरा महानगरपालिका–१४ भोटेचौैतारा सुकुम्वासी बस्तीमा मानिस भेला गरी सोही ठाउँको ३०० रोपनी क्षेत्रफल जमिनमा घर जग्गा उपलब्ध गराइदिने विश्वास दिलाएको र तत्कालै फिल्डमा उक्त जमिनमा अमिन लगेर नापजाँच गर्ने भनी रकम उठाएको सूचना प्राप्त भएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जीवनकुुमार श्रेष्ठले बताए ।

पक्राउ परेकाहरुको साथबाट नगद रु एक लाख ६१ हजारसहित नगदी रसिद प्याडहरु, प्याडको अर्धकट्टी, विभिन्न व्यक्तिहरुको नागरिकताको फोटोकपी १९ थान, पासपोर्ट साइजको फोटो, विभिन्न मितिमा बैठक बसी गरिएका निर्णय रजिष्टर एक थान, नगद उठाएको रजिष्टर एक थान तथा सुकुम्वासी समस्या समाधान आयोग गण्डकी गठन भएको पत्र एक थान बरामद गरिएको बताइन्छ । 

उनीहरुलाई मुलुकी अपराधसंहिताअनुसार ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सर्टसन) सम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना सङ्क्रमण

  • ३ कार्तिक, २०७७

गण्डकी ।  गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार ९६० पुगेको गण्डकी प्रदेश स्वास्थ्य

उपसभामुख घर्तीको दशैँ भत्ता दुई वटा आश्रम र दुइ जना पिडितलाई सहयोग

  • ३ कार्तिक, २०७७

सुर्खेत । कर्णाली प्रदेशकी उपसभामुख पुष्पा घर्ती विष्टले आफुले पाउने एक महिना तलब बराबरको दशैँ भत्ता रकम  सुर्खेतमा रहेका दुइ वटा आश्रम र कर्णालीका

पाल्पाका पूर्वखोला र बगनासकाली गाउँपालिका बन्द

  • ३ कार्तिक, २०७७

पाल्पा । समुदायका व्यक्तिमा कोरोना संक्रमण बढेसंगै पाल्पाका दुई स्थानीय तहले आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन । समुदायका व्यक्तिमा संक्रमण