• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

सार्वजनिक सवारीः बढी भाडा लिन नपाउने, सिटभरी यात्रु चढाउन पाउने

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनलाई सिटभरी यात्रु राख्न दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको निर्णय अनुसार आज मंगलबारदेखि सबै सिटमा यात्रु चढाउन पाउने भएका छन् । यस अघि दुरी कायम हुनेगरि आधा सिटमा मात्रै यात्रु चढाउन पाउने नियम थियो । तर नियम तोडेर सवारी साधनहरुले पुरा सिटमा यात्रु चढाउने गरेका थिए ।  

सरकारले पूरै सिटमा यात्रु चढाउन दिने निर्णयसँगै भाडा दर भने पुरानै कायम भएको छ । आधा यात्रु चढाउदा उठाउन पाउने ५० प्रतिशत बढी भाडादर सरकारले हटाएर सामान्य अवस्था कायम गरेको हो । 

दशैं, तिहार, छठ जस्ता चाडपर्वको समयमा यात्रुको चाप धेरै हुने भएकाले आवागमन सहज बनाउन सार्वजनिक यातायातमा पूरा क्षमतामा यात्रु राख्न दिने र भाडा पुरानैै दरमा लिनुपर्ने निर्णय सरकारले गरेको हो । 

कोरोना भाइरसको संक्रमण रोक्न सरकारले सीमा नाका भने थप एक महिना बन्द गर्ने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर