• मंगलबार ७-११-२०७७/Tuesday 10-27-2020/ 09:01 am

हैदराबादलाई हराउँदै आइपीएलमा चेन्नईको तेस्रो जित

एजेन्सी ।  सनराइजर्स हैदराबादलाई २० रनले हराउँदै साविक उपविजेता चेन्नई सुपर किङ्सले आईपीएल टी–ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ ।

दुबईमा मंगलबार राति भएको खेलमा सनराइजर्स हैदराबाद १४७ रनमा समेटियो । चेन्नईले दिएको १६८ रनको विजयी लक्ष्य  पच्छ्याएको हैदराबाद पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १४७ रनमा समेटिएसँगै चेन्नईले खेल २० रनले जितेको हो ।

हैदराबादका लागि केन विलियम्सनले ५७ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।यस्तै जोनी बेयरस्टोले २३ रन जोड्दा प्रियम गार्गले १६ तथा विजय शंकरले १२ रन बनाए । राशिद खान १४ रनमा आउट भए ।चेन्नईका कर्न शर्मा र ड्रायन ब्राभोले २र२ विकेट लिए । यस्तै साम करन, सार्दुल ठाकुर र रबिन्द्र जडेजाले एकरएक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।चेन्नईका लागि शेन वाट्सनले सर्वाधिक ४२ रन बनाए । अम्बाती रायडुले ४१ रन जोड्दा साम करनले ३१ रन बनाए ।

कप्तान महेन्द्र सिंह धोनी २१ रनमा आउट हुँदा रबिन्द्र जडेजाले अविजित रहदै २५ रन बनाए ।हैदराबादका सन्दीप शर्मा, खलिल अहमेद र टि नटराजनले २र२ विकेट लिए ।

जितसँगै चेन्नईले हैदराबादविरुद्ध पहिलो भेटमा व्यहोरेको हारको बदलासमेत लिएको छ ।हैदराबाद ८ खेलमा ६ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

एउटै खेलमा अजाक्सको इतिहासमै धेरै गोल

  • ९ कार्तिक, २०७७

एजेन्सी । डच लिग अन्तर्गत शनिबार राति भएको खेलमा अजाक्सले इतिहासकै फराकिलो अन्तरले जित दर्ता गरेको छ। अवे मैदानमा भएको खेलमा अजाक्सले भिभिभि

आईपीएलमा हैदरावादमाथि पञ्जाब १२ रनले विजयी

  • ९ कार्तिक, २०७७

काठमाडौं । आईपीएल अन्तर्गत गएराति भएको खेलमा किङ्स इलाभेन पन्जाब विजयी भएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा सनराइजर्स

फ्रेन्च लिग वान मा पिएसजीको शानदार जित

  • ९ कार्तिक, २०७७

एजेन्सी । साबिक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग वान फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शानदार जित दर्ता गरी शीर्ष स्थानमा उक्लिएको छ