• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

आईफोन १२ : ४ नयाँ मोडल लन्च, कति पर्छ मूल्य ?

एजेन्सी । अमेरिकी टेक कम्पनी एप्पलले आईफोन १२ सिरिज लञ्च गरेको छ । मंगलबार एक डिभिजल इभेन्ट्समार्फत एप्पलले ४ नयाँ मोडल बजारमा उतारेको घोषणा गरेको हो ।

एप्पलले आईफोन १२ सिरिजका ह्यान्डसेटहरु ५ जी नेटवर्कमा आधारित हुने पनि जानकारी दिएको छ ।

‘हामी आईफोनमा आफ्नो पुरै लाइनअपमा ५ जी ल्याउँदै छौं । यो आईफोनका लागि एक नयाँ युगको शुरुवात हो,’ एप्पलका प्रमुख टिम कुकले भने ।

एप्पलले आईफोन १२ (६४, १२८, २५६ जीबी स्टोरेज), आईफोन १२ मिनी (६४, १२८ तथा २५६ जीबी स्टोरेज) का अतिरिक्त आईफोन १२ प्रो (१२८, २५६ र ५१२ जीबी स्टोरेज) तथा आईफोन १२ प्रो म्याक्स (१२८, २५६ र ५१२ जीबी) लञ्च गरेको हो ।

आईफोन मिनीको मूल्य ६९९ अमेरिकी डलर, आईफोन १२ को मूल्य ७९९ अमेरिकी डलर, आईफोन १२ प्रोको मूल्य ९९९ अमेरिकी डलर र आईफोन १२ प्रो म्याक्सको मूल्य १०९९ डलर तोकिएको छ । यी मोडलमा स्टोरेज क्षमताको आधारमा मूल्य बढ्ने छ ।

 

 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर