• बुधबार ८-१०-२०७७/Wednesday 11-25-2020/ 12:00 am

महोत्तरीमा २५ वर्षिय कोरोना संक्रमित युवकको मृत्यु

महोत्तरी । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा कोभिड–१९ को सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ चाँदनीचोक बस्ने २५ वर्षीय युवक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए।

मिर्गौला रोगका बिरामी रहेका ती युवकलाई असोज २२ गते भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्र जोरपाटीमा उपचार गर्ने क्रममा २३ गते पिसीआर परीक्षण गर्दा २६ गते उनी कोरोना पोजेटिभ भएका थिए । कोरोना पोजेटिभ युवक सिकिस्त बिरामी भएपछि मङ्गलबार उनको मृत्यु भएको छ । 

महानगरीय प्रहरी परिसर भक्तपुर तथा नेपाली सेनाले उनको शव पशुपति आर्यघाटमा व्यवस्थापन गरेको जनाइएको छ । युवकको मृत्युसँगै महोत्तरीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । रासस

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कोरोना सङ्क्रमित मन्त्रीलाई काठमाडौँ ल्याइयो

  • ९ मङ्सिर, २०७७

वाग्मती ।  वाग्मती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामालाई स्वासप्रस्वासमा समस्या भएपछि थप उपचारका लागि

प्रदेश सरकारको पहिलो प्रथामिकता राजधानी सहर र सुर्खेत विमान स्थल 

  • ९ मङ्सिर, २०७७

सुर्खेत । कर्णाली प्रदेश सरकारले विकास निर्माणका लागि राजधानी सहर वीरेन्द्रनगर र सुर्खेत विमान स्थललाई पहिलो प्रथामिकतामा राखेको छ ।   विकास

किन मारे श्रीमानले श्रीमती ? यस्तो छ घटनाको नालीबेली 

  • ९ मङ्सिर, २०७७

झापा । झापाको गौरादह नगरपालिका वडा नम्बर १ मा एक महिलाको हत्या भएको बिषयमा अनुसन्धान गरिरहेको प्रहरीले घटनामा संलग्न रहेको भन्दै उनका श्रीमानलाई