• सोमबार ७-३-२०७७/Monday 10-19-2020/ 09:03 pm

हेटौँडाका सङ्क्रमितको चितवनमा मृत्यु

चितवन । भरतपुर अस्पतालमा उपचारका क्रममा एक पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उप–महानगरपालिका वडा नम्बर ९ प्रगतिटोलका ६६ वर्षीय पुरुष रहेका छन् । 

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार असोज २७ गते ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भई अस्पताल भर्ना भएका उनमा २८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज साँझ ६ः१५ बजे मृत्यु भएको सूचना अधिकारी पौडेलले जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना सङ्क्रमण

  • ३ कार्तिक, २०७७

गण्डकी ।  गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार ९६० पुगेको गण्डकी प्रदेश स्वास्थ्य

उपसभामुख घर्तीको दशैँ भत्ता दुई वटा आश्रम र दुइ जना पिडितलाई सहयोग

  • ३ कार्तिक, २०७७

सुर्खेत । कर्णाली प्रदेशकी उपसभामुख पुष्पा घर्ती विष्टले आफुले पाउने एक महिना तलब बराबरको दशैँ भत्ता रकम  सुर्खेतमा रहेका दुइ वटा आश्रम र कर्णालीका

पाल्पाका पूर्वखोला र बगनासकाली गाउँपालिका बन्द

  • ३ कार्तिक, २०७७

पाल्पा । समुदायका व्यक्तिमा कोरोना संक्रमण बढेसंगै पाल्पाका दुई स्थानीय तहले आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन । समुदायका व्यक्तिमा संक्रमण