• मंगलबार ८-९-२०७७/Tuesday 11-24-2020/ 11:33 pm

राजस्थानलाई हराउँदै दिल्ली आइपीएलको शीर्ष स्थानमा

एजेन्सी ।  दिल्ली क्यापिटल्स आईपीएल क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।बुधबार राति भएको खेलमा राजस्थान रोयल्सलाई १३ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।बुधबार राति दिल्लीले दिएको १ सय ६२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४८ रन मात्र बनाउन सक्यो ।

राजस्थानका लागि बेन स्टोक्सले ४१ रन जोड्दा रोबिन उथप्पाले ३२ रन बनाए । यस्तै सन्जु सामसनले २५ तथा जोस बट्लरले २२ रन बनाए । राहुल टेवाटिया १४ रनमा अविजित रहे ।

दिल्लीका लागि एन्रीच नोर्ट्जे र टुसार देशपाण्डेले २र२ विकेट लिए । यस्तै कागिसो राबडा, अक्षर पटेल र रविचन्द्र आश्विनले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो ।दिल्लीका लागि शिखर धवन र कप्तान श्रेयस आयरले अर्धशतकीय इनिङ्स खेले । धवनले ५७ रनको इनिङ्स खेल्दा आयरले ५३ रन बनाए ।

दिल्लीले सन्दीपलाई भने खेलाएको छैन । तेस्रो पटक आईपीएल खेलिरहेका सन्दीप लगातार आठौं खेलमा प्लेईङ सेटमा नपरेका हुन् ।राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिए । जयदेव उनाकडले २ विकेट लिदा श्रेयस गोपाल र कार्तिक त्यागीले १र१ विकेट लिए ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको दिल्लीले ८ खेलमा २ हार र ६ जितसहित १२ अंक भएको छ ।राजस्थान भने ८ खेलमा ६ अंक जोडेर तालिकाको सातौँ स्थानमा छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

एसोसिएट राष्ट्रका दशकका उत्कृष्ट खेलाडीमा पारस खड्का 

  • ९ मङ्सिर, २०७७

काठमाडौं । खेल जगतमा पारस खड्कालाई नचिन्ने को होला र ? साना केटाकेटीदेखि युवा वृद्धको मनमा बस्न सफल छन् पूर्व कप्तान पारस खड्का । सायद त्यसैले हुनसक्छ

वुल्भ्सले साउथह्याप्टनलाई बराबरीमा रोक्यो

  • ९ मङ्सिर, २०७७

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा वुल्भ्सले साउथह्याप्टनलाई १–१ को बराबरीमा रोकेको छ । साउथह्याप्टनले तेस्रो

डाईनामो केभ विरुद्धको टिमबाट कोएम्यानले हटाए मेसी, यस्तो छ खेलाडीको सूची

  • ८ मङ्सिर, २०७७

एजेन्सी । ला लिगामा कमजोर प्रदर्शन गरिरहेको स्पेनिक क्लब बार्सिलोनाले च्याम्पियन्स लिगको समूहचरणका खेलमा सन्तोषजनक प्रदर्शन गरिरहेको थियो । तर