कर्णाली स्वास्थ्य प्रतिष्ठानको केन्द्रीय र शैक्षिक प्रशासनमा तालाबन्दी

खलङ्गा। जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा तेस्रो डिन नियुक्त गरिएको विषयमा केन्द्रीय तथा शैक्षिक प्रशासनसहितको कार्यकक्षमा तालाबन्दी गरिएको छ। 

प्रतिष्ठानका उपकुलपति प्रा। डा। राजेन्द्रराज वाग्लेले आवश्यकता नभएकै समयमा नियमविपरीत थप अर्का डिन नियुक्त गरेका भनी प्रतिष्ठानका कर्मचारी आन्दोलित भएका छन्। मङ्गलबार तेस्रो डिनको नियुक्ति फिर्ता लिन भन्दै प्रेस विज्ञप्ति जारी गरेको कर्णाली प्रतिष्ठानको कर्मचारी कल्याणकारी समाजले सुनुवाइ नभएको भन्दै उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रारको कार्यालयको मूलढोकामा तालाबन्दी गरेको छ।

अध्यक्ष रामाकान्त उपाध्यायबाट जारी विज्ञप्तिमा अनियमित तरिकाले नियुक्त गरिएका जनस्वास्थ्य सङ्कायका डिनलगायत सम्पूर्ण फजुल नियुक्ति खारेज गरिनुपर्ने, यसअघिका माग पूरा गर्नुपर्ने, कोरोनामा खटिने सम्पूर्ण चिकित्सक कर्मचारी र कर्मचारीको जोखिमभत्ता उपलब्ध गराइनुपर्ने माग गर्दै तालाबन्दी गरिएको छ। 

प्रतिष्ठानका दुईजना डिनले काम नपाएको समयमा तेस्रो जनस्वास्थ्य सङ्कायको डिनको पद सिर्जना गरी प्रा। डा। मुनिराज क्षेत्रीलाई नियुक्त गरिएको विषयमा कर्मचारीले विरोध गरेका छन् ।

उपकुलपति राजेन्द्रराज वाग्लेले सम्पर्क कार्यालय ललितपुरबाट असोज २६ गते जनस्वास्थ्य सङ्कायको डिन अनियमित तरिकाले नियुक्त गरिएको विषयमा विरोध गर्दै २४घण्टे अल्टिमेटम दिएको थियो।

कर्णाली प्रतिष्ठानमा अहिलेका तीन डिनमध्ये पहिलो सरस्वती गौतम, दोस्रो प्रा। डा। रेशमबहादुर राना नियुक्त भएका हुन्। असोज २६ गते जनस्वास्थ्य डिन पदमा प्रा। डा। मुनिराज क्षेत्रीलाई नियुक्त गरिएको पत्र प्राप्त भएको प्रतिष्ठान प्रशासनले जानकारी दिएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले शुरुमा २०७६ वैशाख ९ गते वाग्लेलाई नियुक्त गरेको थियो। गौतमपछि प्रतिष्ठानले डिन मेडिसिन प्रा। डा। रेशमबहादुर रानालाई नियुक्त गरिएको प्रतिष्ठान प्रशासनले जनाएको छ। रासस

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर