• शनिबार ७-८-२०७७/Saturday 10-24-2020/ 12:21 pm

कर्मचारीलाई कोरोना देखिएपछि पोखरा महानगरका सेवा स्थगित

कास्की ।  पोखरा महागनरपालिका कार्यालयमा कार्यरत केही कर्मचारीलार्ई कोरोना सङ्क्रमण पुष्टि भएपछि महानगरबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा स्थगित गरिएको छ ।्

 महानगर प्रमुख मानबहादुर जिसीले आज सूचना जारी गरी केही कर्मचारीमा भाइरस सङ्क्रमण देखिएको तथा अन्य केही कर्मचारी समेत स्वास्थ्य मापदण्डको कारणले कन्ट्याक्ट ट्रेसिङमा परेकाले आजदेखी महानगरबाट प्रदान गरिने अत्यावश्यक बाहेकका अन्य सेवा अर्को सूचना जारी नगर्दासम्म बन्द गरिएको जानकारी दिए । 

त्यसैगरी महानगरपालिकाले यस अवधिमा आयोजना गर्ने तय गरेका सम्पूर्ण बैठक, कार्यक्रम तथा महानगरका पदाधिकारीलाई आमन्त्रण गरिएका कार्यक्रमहरुमा समेत पदाधिकारी उपस्थित नहुने महानगर प्रमुख जिसीले जानकारी दिए  । महानगरबाट प्रदान गरिने सेवा बन्द भएपछि वडा कार्यालय तथा अन्य विषयगत कार्यालयको सेवा भने सुचारु रहेको जनाइएको छ । भौगोलिक रुपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकामा केही दिनयता कोरोना सङ्क्रमण तीव्र रुपमा फैलिएको छ । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कोभिड–१९ बाट सुदूरपश्चिममा २१ जनाको मृत्यु

  • ८ कार्तिक, २०७७

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण ९ कोभिड–१९० बाट हालसम्म २१ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य

व्यास नगरपालिकाको आन्तरिक आम्दानी चार करोड

  • ८ कार्तिक, २०७७

दमौली । तनहुँको व्यास नगरपालिकाले तीन महिनाको अवधिमा रु चार करोडभन्दा बढी आन्तरिक आम्दानी गरेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन देउखुरीमा राख्ने तयारी

  • ८ कार्तिक, २०७७

देउखुरी ।  लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्नेबारे गृहकार्य शुरु भएको छ । स्थायी राजधानीको टुंगो लागिसकेका