• बुधबार ८-१०-२०७७/Wednesday 11-25-2020/ 12:05 am

आजको राशिफल: असोज ३० तपाईको विशेष

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको समय छ । एउटै आर्थिक कारोवारमा सफलता पाइएला । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
प्रतीक्षा गरिएको काम पूरा हुनेछ । परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले सन्तुष्टि जनाउने छन् । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
रोकिएका काम पुनः सुरु हुन सक्छन्  िगरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । नयाँ र राम्रा अवसरहरू प्राप्त हुनेछन् । कृषि क्षेत्रमा सफलता मिल्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आज बेला बेलामा मनमा अशान्ति तथा चञ्चलता आउन सक्छ । परिवारका लागि धेरै समय दिन पाइने छैन । सरकारी निकाएको भयपनि रहला ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
अज व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आकस्मिक धन लाभ हुनेछ । मिहिनेत गर्दा अधिक प्रगति हुनेछ । तर अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
भनेको कुराको विपरीत अर्थ लाग्नसक्छ । दैनिक कामकाजमा असर पर्नसक्छ, तर ठूलाबडाको आशीर्वादले भने रोकिएको काम बन्नसक्छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
दिन भाग्यशाली भएर देखा पर्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै वाहान लाभ हुने समय छ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नेपालमा ९१ प्रतिशत संक्रमणमुक्त, सार्कमा चौथो स्थानमा

  • ९ मङ्सिर, २०७७

काठमाडौं । सार्क राष्ट्रमध्ये कोरोना भाइरस संक्रमणमुक्त हुने दरमा नेपाल अग्रस्थानमा रहेको छ । भुटान, भारत र माल्दिभ्सपछि नेपालमा संक्रमित

तपाईको आज : मंसिर ९ गते मंगलबारको राशिफल

  • ९ मङ्सिर, २०७७

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । कूटनीतिक नियोगको र आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची

यी हुन् उत्कृष्ट १५ करदाता 

  • ८ मङ्सिर, २०७७

काठमाडौं । सरकारले नवौं राष्ट्रिय कर दिवसको अवसरमा मुलुकलाई सबैभन्दा बढी राजस्व बुझाएर योगदान पुर्याउनेमध्ये विभिन्न क्षेत्रबाट १५ उत्कृष्ट