पाल्पामा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु, मृतकको संख्या ५ पुग्यो

पाल्पा । पाल्पामा विहीबार एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउँ गाउँपालिका ३ दोभानकी ५४ वर्षकी महिला रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।  निमोनियाको समस्या रहेकी महिलाको लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । 

असोज २३ गते उपचारका लागि अस्पतालमा भर्ना भएकी महिलामा बुधवार कोरोना परीक्षणका लागि स्वाब संकलन गरि गरीएको पिसिआर परीक्षणमा विहिवार मात्रै संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । यो संगै पाल्पामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएके छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर