दशैँको मुखमा समेत व्यापार नभएपछि पाल्पाका व्यापारी चिन्तित (फोटो फिचर)

पाल्पा । नेपालीका महान चार्ड दशैँ नजिकिए पनि व्यापार नहुँदा पाल्पाका व्यावसायीहरु चिन्तित भएका छन । कोरोना संक्रमण जोखिमले ६ महिना बन्द रहेका व्यापार व्यावसाय संचालनमा आएपनि चार्डपर्वको समयमा समेत व्यापार नभएपछि उनीहरु मर्कामा परेका हुन् । जिल्ला सदरमुकाम तानसेनसहित जिल्लाका अन्य व्यापारीक केन्द्रहरुमा ग्राहकहरूको चहलपहल नबढ्दा कारोबार हुन नसकेको तानसेन ४ बिशालबजारकी व्यापारी हिरा विष्टले बताईन् । विगतका वर्षहरुमा दशैमा राम्रो व्यापार हुने भएपनि यसपटक ग्राहकको कमीकै कारण व्यापार हुन नसकेको उनको भनाई छ । 

जिल्लामा अहिलेपनि कोरोना संक्रमणको जोखिम कायम रहेको हुँदा यस पटकको दशैको किनमेल गर्ने ग्राहकको कमी आएको व्यापारीहरुको गुनासो छ । अहिलेसम्म पनि जिल्लामा कोरोना संक्रमितहरु बढीरहेको हुँदा गाउँबाट सदरमुकाम सम्म चल्ने सवारी पूर्ण रुपमा संचालन हुन नसक्दा सोचे अनुसारके व्यापार नभएको पालपा व्यापार संघका अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए । 

६ महिनासम्म बन्द रहेका व्यापार व्यावसाय संचालन गरेर दशै खर्च जुटाउने तयारीमा जुटेका व्यापारीले व्यापार नहुँदा भाडा तिर्न समेत ग्राहो पर्ने अवस्था सृजना भइरहेको बताउछन् ।जिल्लामा हाल खाद्यान्न, तरकारी तथा साना होटल बाहेकका कारोबार चल्न नसक्दा व्यापारीहरू अप्ठेरोमा परेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर