• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

सर्लाही घटनाका पीडितलाई न्याय दिन डा. कोइरालाको माग

जनकपुरधाम । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सर्लाही घटनाका पीडितहरुलाई न्याय दिन माग गरेका छन् । शुक्रबार प्रेस बक्तव्य जारी गर्दै नेता कोइरालाले घटनामा प्रहरीले संघीय संसद र प्रदेश संसदका सांसदहरुलाई दुव्र्यवहार गरेको भन्दै विरोध गरेका छन् । 
यस्तो छ नेता कोइरालाको विज्ञप्तीः

सर्लाही जिल्ला प्रहरी कार्यालयमा बुधबार संघीय संसदका सदस्यद्वय नेपाली कांग्रेस सर्लाहीका जिल्ला सभापति समेत रहनु भएका मा। नगेन्द्रकुमार राय र मा। डा। अमरेशकुमार सिंह तथा प्रदेशसभा सांसदद्वय मा। उपेन्द्र कुशवाहा र मा। वीरेन्द्रप्रसाद सिंह लगायत सयौंलाई प्रहरीले गरेको दुर्व्यवहारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । 

जिल्लाको रामनगर गाउँपालिका वडा नं। ७ सिसौटका महेन्द्र रामको गत असोज २२ गते भएको हत्याबारे छानबिन गरी दोषी पत्ता लगाउन माग गर्दै मृतकका परिवारसहित जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराउन जाने क्रममा संघीय र प्रदेशका जनप्रतिनिधि समेत रहेको शान्तिपुर्ण प्रदर्शनमा प्रहरीले गरेको व्यवहारले प्रदेश २ मा र सिंगो मुलुकमा कानुनी राज्य छ कि छैन भन्ने गहन प्रश्न समेत उब्जाएको छ । 

मृतकको शव विना कारण आठ दिनसम्म प्रहरी प्रशासनले वीरगञ्ज स्थित नारायणी अस्पतालमा राख्ने, मृतकका परिवारले दिएको जाहेरी दर्ता नगर्ने र पीडितलाई न्याय दिलाउन जाहेरी दर्ता गरी कानुनी प्रक्रिया अगाडी बढाउन आग्रह गर्न आयोजना गरिएको शान्तिपूर्ण र्यालीसहित पुगेका संघीय र प्रदेशसभामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि माथि समेत लाठी चार्ज र अश्रुग्यास प्रहार गर्ने प्रहरीले आम नागरिकलाई कसरी न्याय देला भन्ने प्रश्न उब्जिएको छ । 

म प्रशासनको निर्देशनमा सुरक्षाकर्मीबाट भएको यो घटनाको घोर निन्दा र भर्त्सना गर्दै पक्राउ परेका व्यक्तिहरुलाई अविलम्व रिहाइ गर्न, घटनाका घाइतेको उपचार गर्न, मृतकका परिवारको जाहेरी दर्ता गर्न र पीडित परिवारलाई न्याय दिइ आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग जोडदार माग गर्दछु । 
डा शेखर कोइराला
केन्द्रीय सदस्य नेपाली कांग्रेस
३० असोज २०७७

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर