• शनिबार ७-८-२०७७/Saturday 10-24-2020/ 11:34 am

प्रदेश नं १ मा थप ६५४ जनामा कोरोना सङ्क्रमण पुष्टि, नौ जनाको मृत्यु

मोरङ । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा कोरोना सङ्क्रमणबाट थप नौ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीका पाँच तथा मोरङ र ते¥हथुमका दुई–दुई जना रहेका छन् । योसँगै यो प्रदेशमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १२२ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशमा गरिएको एक हजार ६४६ जनाको पिसीआर परीक्षणमा २४१ महिला र ४१३ पुरुष गरी कूल ६५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएका छन् । यसरी कोरोना सङ्क्रमण पुष्टि हुनेमा मोरङको विराटनगरका २२५ सहित ३२६, सुनसरीका २०९, झापाका ७४, सङ्खुवासभाका नौ, उदयपुरका चार, भोजपुर, ते¥हथुम, इलाम र ताप्लेजुङका दुईदुई जना तथा प्रदेश बाहिरका २४ जना रहेको मन्त्रालयले जनाएको छ । 

यो प्रदेशमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार २६९ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ३२६ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्केका छन् । अहिलेसम्म उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या पाँच हजार ३३९ पुगेको छ । अहिलेसम्म एक लाख ४२ हजार ५२३ जनाको पिसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कोभिड–१९ बाट सुदूरपश्चिममा २१ जनाको मृत्यु

  • ८ कार्तिक, २०७७

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण ९ कोभिड–१९० बाट हालसम्म २१ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य

व्यास नगरपालिकाको आन्तरिक आम्दानी चार करोड

  • ८ कार्तिक, २०७७

दमौली । तनहुँको व्यास नगरपालिकाले तीन महिनाको अवधिमा रु चार करोडभन्दा बढी आन्तरिक आम्दानी गरेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन देउखुरीमा राख्ने तयारी

  • ८ कार्तिक, २०७७

देउखुरी ।  लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्नेबारे गृहकार्य शुरु भएको छ । स्थायी राजधानीको टुंगो लागिसकेका