सरकारको प्राथामिकतामा किसान मन्त्री लामा

चितवन । भरतपुरका आयोजित एक कार्यक्रमका बक्ताहरुले कृषि पेशासँगै किसानहरुको सम्मानमा जोड दिएका छन् । बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले कृषकलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत गर्दै कृषकको सम्मानको विषय उठाएका हुन् ।

कृषि ज्ञान केन्द्र चितवनले आयोजना गरेको कार्यक्रमममा बोल्दै मन्त्री लामाले सरकारको प्राथमिकतामा किसान रहेको बताए ।

“व्यवसायीक कृषि कर्ममा लाग्ने किसानहरुको संख्या दिन प्रतिदिन बढ्दै छ,उनले भने’,देशभित्रै ठूलाठूला कृषि फर्महरु स्थापना भइरहेका छन् । उनले चितवन कृषि उत्पादनको केन्द्र भएको भन्दै यहाँका किसान हरेक कुरामा उदाहारण बनेको बताए । भौगोलिक बनावटले पनि चितवनमा स्याउदेखी आँपसम्म फल्ने जमिन रहेको उनले उल्लेख गरे । 

उत्कृष्ट कृषक पुरस्कारका लागि जिल्लाका १४ जना किसानले आवेदन दिएका थिए । उनिहरु सबैको फर्ममा जिल्ला कृषि विकास समन्वय समितिले स्थलगत अवलोकन पश्चात उत्कृष्ट कृषक छनोट गरिएको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले बताए ।

उत्कृष्ट कृषक पुरस्कारबाट भरतपुर महानगरपालिका २५ स्थित नोवेल एग्रिकल्र्चर र्फमका संचालक कृष्णप्रसाद न्यौपाने, इच्छाकामना गाँउपालिका ५ स्थित एकिकृत सुन्दर कृषि फर्मका संचालक रामप्रसाद जैसी बोहोरा र खैरहनी नगरपालिका १२ कुमरोज स्थित लालीगुराँस सहकारीका प्रतिनिधि कृष्ण भण्डारी पुरस्कृत भएका हुन् । उनीहरुलाई जनही १० हजार रुपैंया र सम्मानपत्र प्रदान गरिएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर