• मंगलबार ७-११-२०७७/Tuesday 10-27-2020/ 09:56 am

आजको राशिफल: कात्तिक १ तपाईको विशेष

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको काम सम्पादन हुनसक्छ । प्रतिस्पर्धामा सफलता मिल्न सक्छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
सामान हराउने वा चोरी हुने सम्भावना छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइन सक्छ र दैनिक काममा अवरोधको सामना गर्नुपर्छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । आफनतले काममा सहयोग गर्नेछन् । कसैकसैका लागि सन्तान प्राप्तिको योगपनि छ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
शुभकार्यको चर्चा चल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । साझेदार वा सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आफन्त संग मनमुटाव बढ्ला । स्वास्थमा समस्या देखापर्न सक्छ अतः सचेत रहनु होला । मानसिक चिन्ता र आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । स्वास्थ्य सबल रहनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

आजको राशिफल: कात्तिक ११ मंगलबार तपाईको विशेष

  • ११ कार्तिक, २०७७

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको दिन छ । एउटै आर्थिक कारोवारमा सफलता पाइएला । साथीभाइले पनि राम्रै सहयोग

आजको राशिफल: कार्तिक १० विजयादशमी तपाईको आज

  • १० कार्तिक, २०७७

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउनेछ । मनमा दुविधा उत्पन्न हुनेछ । स्वास्थ्यमा प्रति सचेत रहनु होला

आजको राशिफल : कार्तिक ९ गते आइतबार विशेष

  • ९ कार्तिक, २०७७

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) शुभारम्भको चर्चा चल्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । धार्मिक