• मंगलबार ७-४-२०७७/Tuesday 10-20-2020/ 03:37 am

फ्रान्समा एक शिक्षकको घाँटी रेटेर हत्या, आतंकबादीले मारेको हुन सक्ने आशंका

एजेन्सी । फ्रान्सको राजधानी पेरिस नजिकै एक शिक्षकको घाँटी रेटेर हत्या भएको छ ।

आक्रमणकारीको प्रहरीको गोली लागेर मृत्यु भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घटना पूर्व हत्या भएका शिक्षकले आफ्ना विद्यार्धीलाई पैगम्बर मोहम्मदको विवादास्पद कार्टून देखाएका थिए ।

स्थानीय समय अनुसार शुक्रबार बेलुका पाँच बजेतिर घटना भएको हो । स्कूल नजिकै उनको हत्या भएको प्रहरीले जनाएको छ । सो घटनालाई आतंकवादी आक्रमणका रुपमा लिएर अनुसन्धान भइरहेको छ ।

राष्ट्रपति इम्यानुएल म्याक्रोँले घटनास्थलको निरीक्षण गरेका छन् । उनले सो घटना इस्लामिक आतंकवादी आक्रमण रहेको बताए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नाइजेरियाली आन्दोलनमा कम्तीमा १५ व्यक्तिको मृत्यु

  • ३ कार्तिक, २०७७

लागोस ।  प्रहरीको निर्मम दमनको विरोधमा नाइजेरियामा अक्टोबरमा कम्तीमा १५ जनाको मृत्यु भएको एम्नेष्टी इन्टरनेशनलले एएफपीलाई बताएको छ

कोरोना संक्रमणबाट इरानमा फेरी एकैदिनमा अहिलेसम्मकै धेरैको मृत्यु

  • ३ कार्तिक, २०७७

तेहरान । कोरोनाभाइरसकोे महामारीबाट अति प्रभावित मुलुकमध्ये एक इरानमा पुनः सङ्क्रमण फैलिएको इरानी सञ्चारमाध्यमहरूले सरकारी स्रोतहरूलाई उल्लेख गरी

इटालीमा कोरोना संक्रमण बढ्दो क्रममा, प्रतिबन्धात्मक नयाँ नियम लागु

  • ३ कार्तिक, २०७७

एजेन्सी । कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेपछि इटालीमा प्रतिबन्धात्मक नयाँ नियमहरु घोषणा भएको छ। मास्क लगाएर उपस्थित भएका प्रधानमन्त्री जुसेपे