झापामा दुई जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । झापामा एकै दिन दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा दमक नगरपालिकाका एक र अर्का शिवसताक्षी नगरपालिकाका रहेका छन्। मृतक दुवै पुरुष हुन्।

मृत्यु हुनेमा दमक नगरपालिका वडा नं ५ का ५८ वर्षीय पुरुष रहेका छन्। उनको घरमा नै मृत्यु भएको दमक नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

शिवसताक्षी ११ दुधेका ५६ वर्षीय पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर