• बिहीबार ८-१८-२०७७/Thursday 12-03-2020/ 07:00 pm

वडा सदस्य ४९ वर्षीय पाण्डेको कोरोना सङ्क्रमणका कारण मृत्यु

चितवन ।  खैरहनी नगरपालिका वडा नम्बर १२ का वडा सदस्य ४९ वर्षीय बद्रीवहादुर पाण्डेको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उनी क्यान्सर रोगबाटसमेत पीडित थिए । 

भरतपुर अस्पतालमा उपचारका क्रममा पाण्डेको गएराति मृत्यु भएको हो ।अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उनमा असोज २८ गते सङ्क्रमण  पुष्टि भएको थियो । आईसोलेसनमा रहनुभएकोमा उहाँलाई असोज ३० गते अस्पताल भर्ना गरिएको थियो । खोकी र श्वासप्रश्वासमा समस्या रहेको उनको क्यान्सरको तेस्रो केमो चलिरहेको अवस्थामा मृत्यु भएको हो । 

अस्पतालको कोभिड सघन उपचार कक्षमा  भेन्टिलेटरमा राखी उनको उपचार भईरहेको थियो । उनी नेपाली काङ्ग्रेसबाट गएको स्थानीय तहको निर्वाचनमा विजयी भएका थिए नेपाली काँग्रेस चितवनका जिल्ला सभापति जीतनारायण श्रेष्ठले पाण्डेको निधनमा गहिरो दुःख प्रकट गरेका छन् । यस अघि जिल्लाकै भरतपुर महानगरपालिका वडा नम्बर २० का निर्वाचित वडा अध्यक्षको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रदेश १ मा २८७ जना कोरोना संक्रमित थपिए (विवरणसहित)

  • १८ मङ्सिर, २०७७

झापा । प्रदेश १ मा आज २८७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंमा १२२, झापामा ६१, सुनसरीमा ४८, संखुवासभामा १५, इलाममा ४, पाँचथर र उदयपुरमा ३–३, भोजपुरमा २,

मेचीनगर नगरपालिकाकी उपप्रमुख सवार गाडीमा आक्रमणको प्रयास

  • १८ मङ्सिर, २०७७

झापा । अज्ञात समूहले  झापाको मेचीनगर नगरपलिकाकी उपप्रमुख चढेको गाडीमा आगो लगाउने प्रयास गरेका छन् ।   उपप्रमुख मीना उप्रेती चढेको मे १ झ १७२ नंं

आठ उद्योगको उत्पादन रोक्का, एकको फुकुवा

  • १८ मङ्सिर, २०७७

कैलाली ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले कैलाली र कञ्चनपुरका खाद्य उद्योगको अनुगमन गर्ने क्रममा मापदण्ड नपुगेका आठ उद्योगको