लुम्बिनी प्रदेश सरकारका प्रवक्तालाई कोरोना

रुपन्देही ।  लुम्बिनी प्रदेशका प्रवक्ता एवं भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई कोरोना भाइरस सङ्क्रमण भएको छ । सामान्य रुघा लागेपछि शुक्रबार पिसिआर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो । मन्त्री चौधरीकी श्रीमती द्रौपती, निजी सुरक्षाकर्मी सुन्दर बुढाथोकी, चालक यमबहादुर थापा र भान्से पार्वती केवटलाई पनि कोरोना भाइरस सङ्क्रमण देखिएको मन्त्री चौधरीले जानकारी गराए ।   उनले आफ्नो सम्पर्कमा रहेका सबैलाई सजग रहन आग्रह  गरेका छन् । 

यसअघि सभामुख पुर्णबहादुर घर्ती, उपसभामुख कृष्णी थारु, आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी, प्रदेश सभाका सदस्यहरु सहित कर्मचारी र सुरक्षाकर्मी गरी ३५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको प्रदेश सभाका जनस्वास्थ्य निरीक्षक डिलाराम भुसालले जनाकारी दिए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर