• शनिबार ७-८-२०७७/Saturday 10-24-2020/ 11:26 am

थाइल्याण्डको आन्दोलन अनुगमन गरिरहेको मानवअधिकार आयोगको भनाई

न्युयोर्क ।  संयुक्त राष्ट्रंघीय मानवअधिकारसम्बन्धी उच्च आयोगले थाइल्याण्डको आन्दोलनलाई नजिकबाट अनुगमन गरिरहेको जनाएको छ । थाइल्याण्डको आन्दोलनलाई नजिकबाटै अनुगमन गरिरहेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले जानकारी दिएका हुन् । 

उहाँले संयुक्त राष्ट्रसंघको त्यस अनुगमनबाट हेर्दा थाइल्याण्डका नागरिकले शान्तिपूर्ण रुपमा आन्दोलन गर्न पाउनुपर्ने पनि बताउनुभएको छ । संयुक्त राष्ट्रसंघका महासचिव गुटर्रेसका प्रवक्ता डुजारिकले पत्रकार सम्मेलनमा भन्नुभएको थियो– हामीले यस आन्दोलनलाई धेरै नै नजिकबाट अनुगमन गरिरहेका छौँ, यहाँका प्रदर्शनकारी र यहाँका सरकारी अधिकारीहरुको निकटमै रहेर हामीले यस आन्दोलनको अनुगमन गरिरहेका छौँ ।  

उहाँले संसारमा नै हरेक देशका नागरिकहरुले आफ्ना मागहरु राखेर प्रजातान्त्रिक रुपमा र शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने अधिकार रहेको पनि बताउनुभयो । हरेक नागरिकले बिना हातहतियार शान्ति पूर्ण रुपमा प्रदर्शन गरेर आफ्ना मागहरु राख्ने अधिकार पाउने र त्यो अधिकार थाइल्याण्डले पनि दिनुपर्ने उनले बताए । उनले सो पत्रकार सम्मेलनका क्रममा थाइ सरकारलाई आन्दोलन गर्ने नागरिकको अधिकार नखोस्न बारम्बार  भनेका थिए । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

भिडभाडमा अन्धाधुन्ध गोली चलाउन बन्दुक किनेर दिनेलाई २० वर्ष कैद सजाय

  • ८ कार्तिक, २०७७

एजेन्सी । मानिसहरुको भिडभाड रहेको क्षेत्रमा अन्धाधुन्ध गोली चलाउन बन्दुक किनेर दिने व्यक्तिलाई २० वर्ष जेल सजाय भएको छ ।  सन् २०१५ मा

विश्वमा एकैदिन थपिए ४ लाख ८९ हजार ७ सय ५७ जना संक्रमित 

  • ८ कार्तिक, २०७७

काठमाडौं । विश्वमा एकैदिन ४ लाख बढी मानिसमा कोरोना संक्रमण भएको छ । वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा गएको २४ घण्टामा ४ लाख ८९ हजार ७ सय ५७ जनामा

पाकिस्तानका पूर्व प्रधानमन्त्री सरिफ विरुद्ध फेरि अर्को मुद्दा

  • ७ कार्तिक, २०७७

इस्लामावाद ।  पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफका विरुद्धमा फेरि अर्को मुद्दा दर्ता गरिने भएको छ । भ्रष्टाचार विरुद्धको अनुसन्धान गर्ने