• मंगलबार ८-९-२०७७/Tuesday 11-24-2020/ 11:29 pm

थाइल्याण्डको आन्दोलन अनुगमन गरिरहेको मानवअधिकार आयोगको भनाई

न्युयोर्क ।  संयुक्त राष्ट्रंघीय मानवअधिकारसम्बन्धी उच्च आयोगले थाइल्याण्डको आन्दोलनलाई नजिकबाट अनुगमन गरिरहेको जनाएको छ । थाइल्याण्डको आन्दोलनलाई नजिकबाटै अनुगमन गरिरहेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले जानकारी दिएका हुन् । 

उहाँले संयुक्त राष्ट्रसंघको त्यस अनुगमनबाट हेर्दा थाइल्याण्डका नागरिकले शान्तिपूर्ण रुपमा आन्दोलन गर्न पाउनुपर्ने पनि बताउनुभएको छ । संयुक्त राष्ट्रसंघका महासचिव गुटर्रेसका प्रवक्ता डुजारिकले पत्रकार सम्मेलनमा भन्नुभएको थियो– हामीले यस आन्दोलनलाई धेरै नै नजिकबाट अनुगमन गरिरहेका छौँ, यहाँका प्रदर्शनकारी र यहाँका सरकारी अधिकारीहरुको निकटमै रहेर हामीले यस आन्दोलनको अनुगमन गरिरहेका छौँ ।  

उहाँले संसारमा नै हरेक देशका नागरिकहरुले आफ्ना मागहरु राखेर प्रजातान्त्रिक रुपमा र शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने अधिकार रहेको पनि बताउनुभयो । हरेक नागरिकले बिना हातहतियार शान्ति पूर्ण रुपमा प्रदर्शन गरेर आफ्ना मागहरु राख्ने अधिकार पाउने र त्यो अधिकार थाइल्याण्डले पनि दिनुपर्ने उनले बताए । उनले सो पत्रकार सम्मेलनका क्रममा थाइ सरकारलाई आन्दोलन गर्ने नागरिकको अधिकार नखोस्न बारम्बार  भनेका थिए । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पाकिस्तानमा कोरोनाभाइरसका संक्रमण बढ्दो

  • ९ मङ्सिर, २०७७

इस्लामावाद । पाकिस्तानमा गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका बताइएको छ । गएको जुलाई ७ यताकै सबैभन्दा धेरै

रुसको कोभिड–१९ खोपको मूल्य २० डलरभन्दा कम पर्ने, रुसी नागरिकका लागि निशुल्क

  • ९ मङ्सिर, २०७७

एजेन्सी । रुसले बनाएको कोभिड–१९ खोप ‘स्पुटनिक–भी’ अन्तर्राष्ट्रिय बजारमा प्रति डोज २० डलर (करिब २ हजार रुपैयाँ)भन्दा कम पर्नसक्ने बताइएको छ

यसै वर्ष एक खर्ब डलर सम्पति जोडेसँगै विश्वको दोश्रो धनी व्यक्ति बने एलन मस्क

  • ९ मङ्सिर, २०७७

एजेन्सी । बिल गेट्सलाई उछिन्दै अर्बपति उद्यमी तथा विद्युतीय कार निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्क विश्वको दोस्रो सबैभन्दा धनी व्यक्ति बनेका