• मंगलबार ८-९-२०७७/Tuesday 11-24-2020/ 11:27 pm

 बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई सङ्क्रमितको मृत्यु

धरान । यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई सङ्क्रमितको आज मृत्यु भएको छ । झापा, शिवगढी –११ का ५७ वर्षीय र सुनसरी, धरान –१५ का ६५ वर्षीय पुरुषको  आधाआधा घण्टाका फरकमा मृत्यु भएको हो । 

सुनसरीका पुरुषको बिहान ७ः१५ र झापाका पुरुषको ७ः४६ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिनुभयो । झापाका बिरामीलाई आज मात्र प्रतिष्ठानको कोभिड अस्पतालमा ल्याइएको थियो । भ माइस्थेनाग्राभिजका बिरामी उनलाई अस्पताल ल्याइएको केही समयमै मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । 

सुनसरीका बिरामीलाई गत असोज २८ गते कोभिड भई २९ गते अस्पताल भर्ना गरिएको थियो । उनको पेटको समस्या भई भरखर शल्यक्रिया गरिएको प्रतिष्ठानले जनाएको छ । यससँगै प्रतिष्ठानमा मृत्यु हुनेको सङ्ख्या ६१ पुगेको छ । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कोरोना सङ्क्रमित मन्त्रीलाई काठमाडौँ ल्याइयो

  • ९ मङ्सिर, २०७७

वाग्मती ।  वाग्मती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामालाई स्वासप्रस्वासमा समस्या भएपछि थप उपचारका लागि

प्रदेश सरकारको पहिलो प्रथामिकता राजधानी सहर र सुर्खेत विमान स्थल 

  • ९ मङ्सिर, २०७७

सुर्खेत । कर्णाली प्रदेश सरकारले विकास निर्माणका लागि राजधानी सहर वीरेन्द्रनगर र सुर्खेत विमान स्थललाई पहिलो प्रथामिकतामा राखेको छ ।   विकास

किन मारे श्रीमानले श्रीमती ? यस्तो छ घटनाको नालीबेली 

  • ९ मङ्सिर, २०७७

झापा । झापाको गौरादह नगरपालिका वडा नम्बर १ मा एक महिलाको हत्या भएको बिषयमा अनुसन्धान गरिरहेको प्रहरीले घटनामा संलग्न रहेको भन्दै उनका श्रीमानलाई