• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

पूर्व राजा ज्ञानेन्द्रले  यो वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने, शक्ति पीठ पनि नजाने 

काठमाडौं । कोरोना महामारीका कारण पूर्वराजा ज्ञानेन्द्र शाहको यसवर्षको दशैँका कार्यक्रमहरु प्रभावित भएका छन् । अन्य वर्षहरुमा निर्मल निवासमा टीका प्रदान गर्ने गरेका शाहले यस वर्ष सबै कार्यक्रम रद्ध गर्ने भएका छन् । साथै, दशैँभर विभिन्न शक्तिपिठको भ्रमण हुने गरेकोमा यसवर्ष सबै कार्यक्रम रद्ध गरिएको उनको सचिवालयले जनाएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहको तर्फबाट संवाद सचिव फणि पाठकले शनिवार एक विज्ञप्तिमार्फत कोरोनाको असहजताका स्थितिमा आस्था, मान्यता, मर्यादा र कर्तव्यशीलतालाई कायम राख्दै दशैँ पर्व शान्त, शालीनता र सादगी रुपमा मनाउने निर्णय लिएको बताएका छन् ।

साथै शाहले महाअष्ठमीका दिन विभिन्न शक्ति पीठहरुको दर्शन गर्ने र विजया दशमीका दिनमा सर्वसाधरणलाई टिका लगाउने कार्यक्रम नहुने  भएको पाठकले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर