• मंगलबार ८-९-२०७७/Tuesday 11-24-2020/ 11:50 pm

पञ्चेश्वरमा एक हजार ९०० जना बेरोजगार सूचीकृत

बैतडी । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि बैतडीको पञ्चेश्वर  गाउँपालिकामा एक हजार ९२४ जना बेरोजगार सूचीकृत भएका छन् । आर्थिक वर्ष २०७७ र ७८ का लागि पञ्चेश्वर गाउँपालिकामा ५७० महिला र एक हजार ३९० पुरुष गरेर उक्त सङ्ख्यामा रोजगार व्यवस्थापन सूचना प्रणाली (इएमआइएस) मा सूचीकृत भएको गाउँपालिकाका रोजगार संयोजक सन्ध्या जोशीले जानकारी दिए । 

सरकारले २०७७ साल साउन ८ देखि भदौ ७ गतेसम्म आफू स्थायी बसोबास रहेको स्थानीय तहको वडामा गएर इच्छुक १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिले बेरोजगार दर्ताका लागि निवेदन दिन पाउने व्यवस्था गरेको थियो । तोकिएको समयावधिभित्र फाराम भरेका बेरोजगार व्यक्तिउपर वडा समिति, स्थानीय निर्देशक समिति र कार्यपालिकाबाट वास्तविक बेरोजगार ठहरिएका एक हजार ९२४ व्यक्तिलाई रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत गरिएको  हो । सूचीकृत भएका सबैलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाइसकिएको रोजगार संयोजक जोशीको भनाइ छ ।  

मन्त्रालयबाट उक्त सूची हेरेर रकम बाँडफाँड हुने बताइएको छ । सूचीकृत बेरोजगार व्यक्तिलाई क्रमशः प्राथमिकताका आधारमा न्यूनतम एक सय दिनको काममा लगाइने गाउँपालिकाका प्रवक्ता दशरथ मङ्गोलाले बताए ।   । एक आर्थिक वर्षमा न्यूनतम एक सय दिन रोजगारमा संलग्न नभएका र कम्तीमा तोकिए बमोजिमको आयआर्जन हुने स्वरोजगारमा संलग्न नभएका व्यक्तिलाई मात्र फाराम भर्न लगाइएको हो । 

यसैबीच गाउँपालिकामा युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनाअन्तर्गत रु ५१ लाख ७० हजार आएकाले सूचीकृत भएकाहरुले नै रोजगार पाउने जनाइएको छ ।  
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

वन रक्षक विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

  • ९ मङ्सिर, २०७७

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सैनामैना सवडिभिजन वन कार्यालय रूपन्देहीमा वन रक्षक पदमा कार्यरत प्रेमचन्द्र विश्वकर्मा विरुद्ध

बालिका हत्याः बर्दिबास प्रदर्शनका घाइतेलाई काठमाडौं ल्याइँदै

  • ९ मङ्सिर, २०७७

बर्दिबास । बालिका हत्याको विरुद्धमा भइरहेको प्रर्दशनमा प्रहरीको गोली लागि घाइते भएकामध्ये दुई जनालाई काठमाडौं ल्याइदैछ । प्रदर्शनमा

काठमाडौं उपत्यकामा थप ९४७ जनामा कोरोना

  • ९ मङ्सिर, २०७७

काठमाडौं ।  काठमाडौं उपत्यकामा थप ९४७ जनामा कोरोना पुष्टि भएको छ । जसअनुसार काठमाडौंमा ६०२, भक्तपुरमा ६५ र ललितपुरमा १९० जनामा कोरोना देखिएको हो ।