• मंगलबार ७-११-२०७७/Tuesday 10-27-2020/ 06:16 am

वीरगञ्जबाट साढे २२ किलो सुन बरामद

पर्सा । प्रहरीले पर्साको वीरगञ्जबाट साढे २२ किलो सुन बरामद गरेको छ। वीरगञ्ज महानगरपालिका–६,रेशमकोठीस्थित् गणेश अपार्टमेन्टबाट २२ किलो ५६७ ग्राम सुन बरामद गरिएको एसपी गंगा पन्तले बताइन्।

अवैध सुन लुकाएको भन्ने विशेष सूचनाका आधारमा पुगेको प्रहरीले सुन बरामद गरेको हो। एसपी पन्तका अनुसार सुन कसको हो भन्ने खुलिसकेको छैन। सुन निलो प्लास्टिकमा पोको पारेर राखिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। 

प्रहरीले अहिलेसम्म सुनसँग सम्बन्धित व्यक्तिलाई पहिचान गरिसकेको छैन। यसबारे थप जानकारी दिन पत्रकार सम्मेलनको तयारी भइरहेको एसपी पन्तले बताइन्। 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पहिरो पीडित परिवारलाई सहयोग

  • १० कार्तिक, २०७७

वालिङ । स्याङ्जाको वालिङ १४ तमादीका पहिरो पीडितलाई स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले आर्थिक सहयोग गरेको छ । गत असोज ८ गते घरमाथिबाट

संक्रमितलाई सङ्क्रमितबाटै दशैँको टीका

  • १० कार्तिक, २०७७

तुलसीपुर । दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा रहेका संक्रमितलाई विजयादशमीको टीका र जमरा लगाइएको छ।अस्पतालका व्यवस्थापक द्रोण वलीसहितका

चितवनमा ७७ वर्षीय  कोरोना संक्रमित पुरुषको मृत्यु

  • १० कार्तिक, २०७७

चितवन । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत ७७ वर्षीय  कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । भरतपुर महानगरपालिका का १ का ती वृद्धको गएराति साढे १२