• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

वीरगञ्जबाट साढे २२ किलो सुन बरामद

पर्सा । प्रहरीले पर्साको वीरगञ्जबाट साढे २२ किलो सुन बरामद गरेको छ। वीरगञ्ज महानगरपालिका–६,रेशमकोठीस्थित् गणेश अपार्टमेन्टबाट २२ किलो ५६७ ग्राम सुन बरामद गरिएको एसपी गंगा पन्तले बताइन्।

अवैध सुन लुकाएको भन्ने विशेष सूचनाका आधारमा पुगेको प्रहरीले सुन बरामद गरेको हो। एसपी पन्तका अनुसार सुन कसको हो भन्ने खुलिसकेको छैन। सुन निलो प्लास्टिकमा पोको पारेर राखिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। 

प्रहरीले अहिलेसम्म सुनसँग सम्बन्धित व्यक्तिलाई पहिचान गरिसकेको छैन। यसबारे थप जानकारी दिन पत्रकार सम्मेलनको तयारी भइरहेको एसपी पन्तले बताइन्। 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर