• बिहीबार ८-१८-२०७७/Thursday 12-03-2020/ 07:38 pm

अदालतको आदेशपछि खुल्यो भारतको बाँके बिहार मन्दिर

फाइल तस्विर

मथुरा । भारतको मथुरामा रहेको चर्चित बाँके बिहार मन्दिर अदालतको आदेशपछि शनिबारदेखि खुल्ला भएको छ । 

कोरोनाभाइरसको महामारी फैलिएपछि महिनौदेखि बन्द भएको मन्दिर नवरात्रीको पहिलो दिन पारेर शनिबारदेखि खुल्ला गरिएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।  

विश्व विख्यात यस मन्दिर गत सात महिना अगाडिदेखि बन्द रहेको थियो । तर अहिले अदालतको मापदण्ड कडाईका सथा पालना गरेर खुल्ला गर्न निर्देशन दिएपछि खुल्ला गरिएको मन्दिरका पदाधिकारीहरुले जानकारी दिएका छन् । 

दर्शालुहरुलाई बिहान ८:३० देखि मध्यान्ह १२ बजेसम्म र बेलुका ५:३० देखि ९:३० सम्म मात्रै प्रवेश गर्न दिइने भएको छ । दर्शालुहरुलाई सामाजिक दुरी कायम गर्ने, सेनिटाइजारको प्रयोग गर्ने, मास्कलगाउने लगायतका नियम पूर्ण रुपमा पालना गर्नुपर्ने व्यवस्था गरिएको छ । 

हिन्दुहरुको अत्यन्त आस्था रहेको यस मन्दिरमा बर्षेनी लाखौ हिन्दु धर्माबलम्बीहरुले दर्शन गर्दै आएकोमा अहिले कोरोना भाइरसको महामारीका कारण सुस्ताएको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सन् २०३० को मध्यपछि जापानमा पेट्रोलबाट चल्ने कारको बिक्री बन्द हुने

  • १८ मङ्सिर, २०७७

टोकियो ।  जापानले सन् २०५० सम्ममा कार्बन तटस्थताको आफ्नो लक्ष्य पूरा गर्ने उद्देश्यले आगामी पन्ध्र वर्षभित्रै पेट्रोल कारको बिक्री बन्द गर्ने

पाकिस्तानका पूर्व प्रधानमन्त्री जमालीको निधन

  • १८ मङ्सिर, २०७७

इस्लामाबाद ।  पाकिस्तानका पूर्व प्रधानमन्त्री मिर जफरुल्लाह खान जमालीको ७६ वर्षको उमेरमा बुधबार रावलपिन्डीस्थित एक अस्पतालमा निधन भएको छ

भारतमा कोभिड–१९ संक्रमितको संख्या ९५ लाख नाघ्यो

  • १८ मङ्सिर, २०७७

नयाँदिल्ली ।  भारतमा कोभिड–१९ बाट संक्रमितको संख्या बिहीबारसम्ममा ९५ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ