• बिहीबार ८-१८-२०७७/Thursday 12-03-2020/ 06:53 pm

नेपालमा शनिबार थप ३१ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा १७४६ थपिए

काठमाडौं । नेपालमा शनिबार थप ३१ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य मन्त्रालयका अनुसार देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप ३१ सय ६७ जनामा कोरोना पुष्टि भएको हो । 
मन्त्रालयका अनुसार शनिबार काठमाडौं उपत्यकामा थप १७४६ जनामा कोरोना देखिएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोनाका कारण ७२७ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार शनिबार थप १८ सय जना संक्रमित निको भएर डिष्चार्ज भएका छन् । हालसम्म नेपालमा कोरोनालाई जित्नेको संख्या ८९ हजार ८४० पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
हाल देशभरि ३८,७३७ जनामा सक्रिय सङ्क्रमण छ । जसमध्ये १३,२९९ जना संस्थागत आइसोलेशनमा र बाँकी २५,४३८ जना होम आइशोलेशनमा बसिरहेको मन्त्रालयका प्रवक्ता गौतमले बताए । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रचण्डको आगामी कदम

  • १८ मङ्सिर, २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालयमा लिखित प्रस्तावपछि

गत २४ घण्टामा थप १३४३ जनामा कोरोना, १३ को मृत्यु, २१११ निको

  • १८ मङ्सिर, २०७७

काठमाडौं । नेपालमा बिहीबार थप १३४३ जनामा कोरोना पुष्टि भएको छ ।  यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको स्वास्थ्य

'अब कम्युनिस्ट तानाशाह प्रवृति विरुद्द हाम्रो आन्दोलन' -पौडेल

  • १८ मङ्सिर, २०७७

पोखरा । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले तनहुँ व्यास १, १० र ११ जोड्ने पक्की पुलको उद्घाटन गरेका छन् । हिजो बुधबार उद्घाटन गर्ने तयारी रहेपनि