पर्साकाे रेशम कोठीबाट २३ किलो सुन र २ किलो चाँदी बरामद
वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका ५ रेशम कोठीबाट करिब २३ किलो सुन र २ किलोभन्दा बढी चाँदी बरामद भएको छ ।
शनिबार अपराह्न वीरगन्ज महानगरपालिका–५ रेशमकोठीस्थित श्री गणेश अर्पाटमेन्टको ३०३ नम्बरको फ्ल्याटबाट २३ केजी दुई सय ७५ ग्राम सुन र दुई केजी २ सय ६२ ग्राम चाँदीको गर गहना बरामद गरेको प्रहरीले जनाएको छ ।
खनतलासीको क्रममा एक केजीको सुनको विस्कुट १३ पिस, मझौला खाले सुनको विस्कुट ४६ पिस, १०० ग्रामको सुनको विस्कुट १० थान र सुनका विभिन्न गर गहनाहरु ६ सय ८९ ग्राम बरामद भएको पर्सा प्रहरीले जनाएको छ ।
त्यसमध्ये सुनको विस्कुट २२ केजी ५ सय ७६ ग्राम रहेको छ ।
प्रतिकृया दिनुहोस