• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

पाल्पामा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि

पाल्पा । पाल्पामा शनिबार एकैदिन थप ७५ जना समुदायस्तरका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । पाल्पा अस्पतलले स्थापना गरेको कोभिड प्रयोगशाला, नेशनल प्याथल्याव, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला तथा लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएकोे पिसिआर परीक्षाणका क्रममा रामपुर नगरपालिकाका २ कर्मचारी र २ स्वास्थ्यकर्मीसहित ७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

 यस्तै तानसेन नगरपालिकाका १८ जना, बगनासकाली गाउँपालिका भित्रका १९ जना, पूर्वखोलाका ९ जना, तिनाउ, रैनादेवी छहरा र माथागढी गाउँपालिका भित्रका २।२ जना तथा रिब्दीकोट गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । 

यो तथ्यांक लकडाउन खुलेपछिको सबैभन्दा धेरै रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । आज थपिएका संगै हाल पाल्पामा ९ सय ६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

 संक्रमितमध्ये ७ सय १० जना डिस्चार्ज भएका छन् भने २ सय १५ जना सकृय संक्रमित रहेका छन । पाल्पामा हालसम्म ४ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर